सर्लाही, २३ फागुन । सर्लाहीको हरिवन नगरपालिकाका एक पूर्व शिक्षक मनिङवाक निस्किएको समयमा साँघातिक आक्रमण हुँदा गम्भीर घाइते भएका छन् ।
हरिवन नगरपालिका वडा नम्वर ९ दनुवारीका ६२ बर्षिय पूर्व शिक्षक अर्जुन दहालमाथि बुधवार विहान ५ बजेको समयमा पछाडीबाट टाउकोमा साँघातिक आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् ।
करिव एक किलोमिटर हिडेर पूर्व तर्फको पूरानो बजार आउने बाटोमा आक्रमण भएको बताइएको छ । दाहालमाथि पछाडीबाट टाउकोमा लाठिले प्रहार गरिएको प्रहरीले आशंका गरेका छन् ।
दहाल माथि साँघातिक आक्रमण हुँदा बाटोमै लडिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि तत्कालै उनको उद्धार गरेर नजिकै रहेको नमूना अस्पतालमा पुर्याइएका थिए । दहालको टाउको पछाडीको भाग र आँखामाथि चोट लागेको हुँदा १६ वटा टाँका लगाएर प्राथमिक उपचार पश्चात थप उपचारका लागि वीरगंज स्थित वयोधा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाईते दाहालको हाल उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको बताइएको छ । घटना सम्बन्धमा सुक्ष्म तरिकाबाट प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । सिसिटिभी फुटेजको आधारमा आक्रमण गर्नमा संलग्न व्यक्तिहरुलाई खोजी कार्य भईरहेको समेत उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन