उपेन्द्र यादवलाई उपप्रधान सहितका मन्त्रीको जिम्मेवारी दिएकोमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिको गम्भीर आपत्ती

56 Shares

रौतहट, २७ फागुन । पुरानो गठबन्धनलाई भत्काउदै नयाँ गठबन्धनको बैशाखीमा टेकेको प्रचण्ड सरकारमा गौर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएको प्रति गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गम्भीर आपत्ती जनाएका छन् ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले आईतवार एक विज्ञप्ती जारी गरेर गौ हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड सरकारमा पप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएको प्रति गम्भीर ध्यानाकर्षण हुन् । अमानविय एवं विभत्स रुपमा गरिएका गौर हत्याकाण्डका अभियुक्तलाई कारवाही गर्ने नेपाल सरकारले हामी पीडितसंग गरेको लिखित समझौता एवं प्रतिबद्धता विपरित उल्टै मुख्य आरोपीलाई नै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानुनी शासनको उपहास गरेको संघर्ष समितिको ठहर छ ।
यस्ता हर्कतले न्यायको परखाईमा रहेका हामी पीडितलाई झन पीडित एवं मर्माहत बनाएको छ । यस्ता गलत एवं घोर भर्त्सना योग्य निर्णयलाई तुरुन्त फिर्ता लिई उपेन्द्र यादवलाई तत्काल पदबाट बर्खास्त गरेर कानूनी कारवाहीका लागि मार्ग प्रसस्त गर्न जोडदार रुपमा माग गरेका छन् । मुलुकमा मानव अधिकार तथा विधिको शासन लागु गर्न गराउन हाम्रो संघर्ष समितिको तर्फबाट प्रधानमन्त्री प्रचण्ड सहित सम्बन्धित सबै पक्षको विनम्रतापूर्वक गम्भीर ध्यानाकर्षण गराउन चाहेको प्रेषित विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
अन्यथा, हामी पीडितहरु न्याय पक्षधर जनताहरुको सहयोग लिएर पुनः सशक्त सडक संघर्ष गर्न बाध्य हुने छौं र त्यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने विषय चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।