सर्लाही, २८ फागुन । सर्लाहीको नवलपुर मलंगवा सडक खण्डमा पर्ने सलेमपुर चोक नजिक सोमवार यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएपछि आक्रोशित बनेका यात्रुहरुले बसमा आगजनी गरिदिएका छन् ।
नवलपुर मलंगवा सडक खण्डमा पर्ने कविलासी नगरपालिका वडा नम्वर १० सलेमपुर चोक नजिकै नबलपुरबाट मलंगवा तर्फ गईरहेका ग. २ ख. १४४० नम्वरको बसको ठक्करबाट स्थानीय साइकल यात्री ५५ बर्षिय युगलकिशोर महतो गम्भीर घाइते भएका हुन् ।
स्थानीय व्यक्ति घाइते भएको खवर सुन्नासाथ आक्रोशित हुँदै बसमा आगजनी गरिदिएका थिए । महतोको प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थ िउपचारको लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
महतोको अवस्था गम्भीर रहेको हुँदा तत्कालै एम्बुलेन्सबाट लगिएपनि बोटोमै हेलिकप्टर बोलाएर काठमाडौं पठाउने भएको छ ।
दुर्घछनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएपछि सशस्त्र प्रहरीहरु तत्कालै घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरिएपनि बसमा निकै क्षति पुगेको बताइएको छ । आक्रोशित स्थानीयहरुले नवलपुर सलेमपुर सडकमा चक्काजाम गर्दा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको डिएसपी थारुले भने । यता बसका चालकलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन