रौतहट, ३० फागुन । पालिका कप २०८० अन्तर्गत बुधवार सम्पन्न भएको पहिलो खेलमा माधवनाराण नगरपालिकाले गरुडालाई रोमाञ्चक म्याचमा ३ रनले हराउदै विजयी सुरुआत गरेका छन् ।
रौतहटको पालिकाहरुको सहयोगमा रौतहट क्रिकेट संघद्धारा आयोजित पालिका कप अन्तर्गत आज माधवनारायण नगरपालिकाको टिमले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ९९ रन बनाएका थिए ।
प्रतिउत्तरमा मैदानमा ओर्लिएका गरुडा नगरपालिकाको टिमले १८.५ ओभरमा सबै विकेट गुमाई ९६ रन बनाउन सके अन्ततः ३ रनले हार बेहोर्नु पर्यो । गरुडाका लागि अरबिन्द जयसवालले सर्वाधिक ३५ रन र कौशरले १५ रन बनाए तर अन्य कुनैपनि खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् ।
माधवनारायणका चन्दन ठाकुरले ४ ओभरमा ११ रन दिई २ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याचको पुरस्कारबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएका छन् । रंजीत यादव र दिपेन्द्र साहले क्रमश दुई दुई विकेट लिए भने नितेश यादवले १ विकेट लिएका थिए ।
गरुडाका लागि अल्ताफले ४ ओभरमा २६ रन दिई ३ विकेट, अरविन्द जयसवाले २ विकेट, उमेश पटेल र धर्मेन्द्र साहले क्रमशः एक एक विकेट लिएको थियो । माधवनारायणका लागि सर्वाधिक सचिन यादवले २८ रन, नितेश यादवले २१ रन, रणविर यादवले ११, मृतुन्जय साहले १० रन बनाएको रौतहट क्रिकेट संघद्धारा जारी स्कोर लिष्टमा उल्लेख गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन