रौतहट, १ चैत । रौतहट सदरमुकाम गौरमा संचालित रहेका पालिका कप २०८० को पहिलो संस्करणमा देवाही गोनाहीलाई ६२ रनले हराउदै चन्द्रपुर नगरपालिकाको क्रिकेट टिम विजयी भएका छन् ।
चन्द्रपुर नगरपालिकाको टिमले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६६ रनको योगफल तयार पारेका थिए । प्रतिउत्तरमा उत्रिएका देवाही गोनाही नगरपालिकाको टिमले १७.१ ओभरमा अलआउट हुँदै १०४ रन बनाएर पराजित भएका हुन् ।
देवाही गोनाहीका लागि विजय यादव र शेख हनानले क्रमश २५÷२५ रन, राधेश्याम यादवले १५ रन बनाए तथा अन्य ब्याटरहरु दोहोरो अंक बनाउन सकेनन अन्ततः पराजय भोग्नु परेको रौतहट क्रिकेट संघले जनाएका छन् । चन्द्रपुर नगरपालिका क्रिकेट टिमका ब्याटर अभिषेख रौनियार ६२ रन, दानिश अहमद ५५, अश्चल चौधरी २२ रनको योग्यदान दिई १६६ रन बनाएको थियो ।
बलिंग तर्फ चन्द्रपुरका रिजवान अहमदले ३ विकेट, मोहन चालिसे २ विकेट, सुशान्त थापा, रबीन्द्र रौनियार, मुस्ताक मल्लिक र सन्दीप तिमलसिनाले क्रमश एक एक विकेट लिएर आफनो टिमलाई ६२ रनबाट जिताउनमा मद्दत पुर्याए भने देवाही गोनाहीको तर्फबाट राजेश पटेल ३ र आशुतोष झाले २ विकेट लिएको थियो ।
चन्द्रपुरका खेलाडी रिजवान अहमदलाई आजको म्यान अफ दि म्याच घोषित गरिएको रौतहट क्रिकेट संघका कोषाध्यक्ष विकास विक्रान्त नेपाल पालुले जानकारी दिए ।


यस्तै आजै विहान भएको पहिलो खेलमा गढीमाईले बौधीमाईलाई ३ रनले हराएका छन् ।
गढिमाईले टस जितेर पहिलो ब्याटिंग गर्दा २२.३ ओभरमा अलआउट भई ८६ रनको सानो स्कोटर खडा गरेका थिए । ८७ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएका बौधिमाईले २० ओभरमा ८ विकेट गुमाई ८३ रन मात्रै बनाउदा ३ रनले हार बेहोर्नु परेको थियो । गढीमाईको तर्फबाट चन्द्रकिशोर यादवले ३, नविनकुमार पटेलले २ र रामसागर पासवान, संजयकुमार साहले क्रमशः एक एक विकेट लिएर बौधीमाईलाई ८३ रनमा रोक्न सफल भए ।
बौधीमाईका लागि अरविन्द बैठा ४, रंजीत यादव २, जितेन्द्र यादव, संगम दास, रुपेश पटेलले क्रमश एक एक विकेट लिएको थियो । आजको पहिलो खेलमा गढीमाईका खेलाडी चन्द्रकिशोर यादवलाई म्यान अफ दि म्याचको पुस्कारबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन