रौतहट, ४ चैत । रौतहट क्रिकेट संघको आयोजनामा गौर स्थित राइस मिल्सको मैदानमा भईरहेको पालिक कप २०८० पहिलो संस्करणको १७ खेलमा दुर्गा भगवतीले देवाहीगोनाहीलाई ७ विकेटले पराजित गरेका छन् ।
आईतवार दिउसो १ बजे देखि सुरु भएको पालिका कपमा देवाही गोनाहीले टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गलत सावित भयो । दुर्गा भगवतीको घातक बलिंग सामु १६.५ ओभरमा सबै विकेट गुमाई ६९ रन बनाएर जितको लागि ७० रनको चुनौती दुर्गा भगवती समक्ष दिए ।
प्रतिउत्तरमा दुर्गा भगवतीको टिमले ११.४ ओभरमा ३ विकेटको क्षतिमा ७२ रन बनाएर ७ विकेटबाट देवाहीगोनाहीलाई पराजित गर्दै दोश्रो चरणमा सजिलै प्रवेश गर्न सफल भए । दुर्गा भगवतीका लागि पहिलो विकेटका लागि कमलेश दार र सत्यम सिंहले ३५ रनको ओपनिंग साझेदारी गरेका थिए । दासले २३, सिंह १०, रितिक गुप्ता १७ जितेन्द्र दास दुबै अविविजत रहदै आफनो टिमलाई जिताए । जितेन्द्र रामले मात्रै २ रन बनाएको थियो ।
यस्तै देवाहीको तर्फबाट राधेश्याम यादव १६ र रोशन गुप्ताले १३ रन बनाए भने अन्य कुनै ब्याटर दोहोरो अंकमा पुग्न सकेनन ।
दुर्गा भगवतीको लागि आशिक झाको घातक बलिंग सामु देवाहीका ब्याटर निरीह सावित भए । झाले ४ ओभरमा एक मेडेन राख्दै ६ रन दिई ४ विकेट, विक्रम साह ३.५ ओभरमा २० रन दिई ३ विकेट, आदित्य झा, जितेन्द्र दास, पवन पासवान क्रमश एक एक विकेट लिएर देवाहीलाई ब्याकफुटमा धकेलिदिदा उभिने मौका नै दिएनन् ।
देवाहीको तर्फबाट पियुष गुप्ताले ३ ओभरमा १० रन दिई २ र राजेश रामले ३ ओभरमा १६ रन दिएर १ विकेट लिएको रौतहट क्रिकेट संघले जनाएको छ । आजको खेलमा घातक बलिंग गर्ने आशिक झालाई म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको संघको स्कोर लिष्टमा उल्लेख गरिएको छ । समुह (इ) बाट दुर्गा भगवती र चन्द्रपुर दोश्रो चरणमा प्रवेश गरेको छ भने देवाहीगोनाही लिग चरणबाट बाहिरिएका छन् ।
यसैगरी आजै भएको पहिलो खेलमा राजदेवीलाई २ विकेटले हराउदै बौधीमाईले जित पारेको थियो ।
टस जितेर पहिलो ब्याटिंग रोजेको राजदेवी नगरपालिकाको टिमले १४.२ ओभरमा अलआउट हुँदै ६७ रन बनाएर ६८ रनको टार्गेट बौधीमाइ समक्ष पेश गरेका थिए । राजदेवीको कसिलो बलिंग सामु बौधिमाईलाई जित्न हम्मे हम्मे परेपनि अन्ततः २ विकेटबाट जित हात पार्न सफल भए ।
बौधीमाईले १४.६ ओभरमा ८ विकेट गुमाएर ६८ रन बनाएको थियो । बौधीमाईका रुपेश पटेलले ४ ओभरमा १६ रन दिई ५ विकेट लिएकोमा उनलाई म्यान अफ दि म्याचबाट सम्मानित गरिएको रौतहट क्रिकेट संघले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन