रौतहट, ७ चैत । रौतहट जिल्लामा पछिल्लो समयमा विद्युतिय ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएका छन् ।
परोहा नगरपालिका वडा नम्वर ८ मोतिपुर गाउँको पूर्वमा नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मरलाई मंगलवार राति चोरी भएका हुन् ।
चोर समुहले गाउँ भन्दा पूर्वमा रहेको ट्रान्सफर्मरको लाइन काटेर मध्य रातिमा ट्रान्सफर्मरको भित्र रहेको तामाको सामग्रीहरु झिकेर बाहिरी भाग त्यही छाडेको अवस्थामा बुधवार विहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
यसैगरी सोमवार राति चन्द्रपुर नगरपालिका वडा नम्वर १० बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएका थिए ।
५० केभीए क्षमताको ट्रान्सफर्मर चोरहरूले जडान गरेको पोल बाट तल झारेर त्यसमा रहेको तामा निकालेर लगेको स्थानीयहरुले बताए । ट्रान्सफर्मरको कभर मात्र रहेको र भित्रको उपकरण चोरेर लगेको बालचनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बलिराम साहले बताए ।
सोमबार साँझसम्म रहेको ट्रान्सफर्मर मङ्गलबार बिहान हेर्दा बाहिरी कभर मात्रै रहेको त्यसभित्र रहेको तामाको उपकरण चोरी भएको अध्यक्ष साहले जानकारी दिए । चोर को खोजीका लागि खानेपानी तथा सरसफाई उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा निवेदन दिएको छ ।
यस्तै गत महिना दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ छतौना गाउँमा सिंचाइंको लागि जडान गरिएका विद्युतिय ट्रान्सफर्मर चोरी भएको थियो तर अहिले सम्म ट्रान्सफर्मर चोरी गर्ने चोरहरुको गिरोहलाई समात्न नसक्दा चोरी गर्नेहरुको मनोवल बढ्दै गएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन