66
Shares
रौतहट, ७ चैत । नेपाल पत्रकार महासंघको महाधिवेशन आउदो बैशाख २१ गते गर्ने निर्णय भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन नयाँ बर्ष बैशाख २१ गते लुम्बिनीमा हुने निर्णय भएको हो ।
महासंघको बुधवार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
महासचिव पुरीका अनुसार महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु आजै देखि चैत मसान्त सम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।
केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरु मात्रै सहभागी हुन्छन् । केन्द्रीय महाधिवेशन भएको एक महिनापछि महासंघको नयाँ नेतृत्व चयन गर्ने विधानमा प्रावधान रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन