राधेश्याम कुशवाहा
बलरा (सर्लाही), ९ चैत । बलरा नगरपालिकाको नरहरगञ्ज गाउँमा रहेका प्राथमिक विद्यालयको ६ कोठे पक्कि भवनको नगरप्रमुखले एक समारोहका विच शिलान्यास गरेको छ ।
बलरा नगरपालिका वडा नम्वर ९ नरहरगञ्ज स्थित रहेको प्राथमिक विद्यलयको पक्कि भवन बनाउन ८० लाख बजेट नगरपालिकाबाट विनियोजन गरेर कार्यक्रमको आयोजना गरेर नगरप्रमुख रामाशंकर कुशवाहाले शिलान्यास गरेको हो ।
विद्यालय भवनको शिलान्याश समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कुशवाहाले स्थानिय सरकारको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ रहेका कारण स्थानिय तहबाटै बजेट विनियोजन गरेर विद्यालयको भवन निर्माण गर्न लागेको बताए ।
आफू निर्वाचित हुनुभन्दा अगाडी नगरका शिक्षा तथा स्वास्थ्य लगायत सम्बन्धित कार्यलयका भवनहरु अपूग र जिर्ण अवस्थामा रहेको कुरा विगतलाई सम्झदै निर्वाचित भएलगत्तै नगरका सबै कार्यलयका भवनको मर्मत सम्भार तथा निर्माण कार्यलाई तिब्रता दिएको उनको कथन रहेको छ ।
बलरा नगरका ५ वटा माध्यमिक विद्यालय गरी जम्मा ३१ वटा सामुदायिक विद्यालयमा कुल ११ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बलरा नगरपालिकाका शिक्षा शाखा प्रमुख अरुण प्रजापतिले जानकारी दिए
उनका अनुसार नगरका समग्र विद्यालयमा विद्यार्थीहरु चाप अनुसारको भवन र शिक्षक संख्या अहिले पनि अपुग रहेको छ । मावि तहका विद्यालयमा भवन रहेपनि विशेष गरी प्रावि तहका विद्यालयमा प्राय जस्ताले बनेको भवन रहेका कारण कोठाको अभाव झेल्दै आएको छ ।
हामीले शिक्षक तथा अपुग भवनलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै छौ, केही बर्षमा शिक्षा क्षेत्रमा उल्लेखनिय उपलब्धि हासिल गर्ने शिक्षा शाखा प्रमुख प्रजापतिको विश्वास व्यक्त गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन