रौतहट, १२ चैत । हर्षोल्लासका साथ होली पर्व निर्विध्न सम्पन्न भएको छ ।
असत्य माथि सत्यको विजय तथा दानविय शक्ति माथि दैवी शक्तिको विजय भएको खुशियालीमा मनाउने होली पर्व २०८० निर्विध्न रुपमा सम्पन्न भएको हो ।
दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरी स्थित दुर्गा मन्दीरमा भजन किर्तन गाउँदै होलीको गित गाएर भगवतीलाई समर्पित गरेका युवाहरुले बर्ष भरी सबैको भलो होस, सबैमा खुशीयाली छाओस, कसैलाई केही नहोस भन्दै माँ दुर्गाको चरणमा गितको माध्यमबाट अर्जी लगाएका थिए ।
धार्मिक गित गाउने् क्रममा के गाउले के नेपाल सरकारको विभिन्न सेवामा उच्च पदमा काम गर्नेहरु आ आफनो मनको भाव प्रस्तुत गरेर भगवती प्रति गुहार लगाए ।
आपसी भाइचारा, आपसी हित, आपस सदभावलाई कायम गर्ने हेत मनाइने होली पर्व भव्य एवं सभ्य तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएका छन् ।
जिल्लामा केही नहोस भनेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कडा सुरक्षाको प्रबन्ध मिलाएको हुँदा शान्तिपूर्ण रुपमा होली पर्व सम्पन्न भएको छ । उक्त कार्यमा नेपाल प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईको सजगता तथा रौतहटका संचार क्षेत्रको अहम भूमिकाको कारण यसपालीको होली हर्षोल्लासका साथ सम्पन्न भएका छन् ।
जनकपुरधाम सहितको मिथिला क्षेत्रमा भोली मंगलवार होली पर्व मनाउने भएका छन् । किने भने वृहत्तर जनकपुर क्षेत्रमा हुने परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने गरिन्छ । आज परिक्रमा सकिएको हुँदा भोली मंगलवार होली उत्सव मनाउने भएको बताइएको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन