नेपाल नेत्र ज्योती संघको ४६ औं स्थापना दिवश गौरमा भव्यताका साथ मनाइयो

79 Shares

रौतहट, १३ चैत । नेपाल नेत्र ज्योती संघको ४६ औं स्थापना दिवशको अवसरमा गौर आँखा अस्पतालद्धारा “आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” को आयोजना गरेर मनाइएको छ ।
“हाम्रो कत्तव्र्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” मूल नाराको साथ नेपाल नेत्र ज्योती संघ रौतहट शाखा, नेपाल गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईद्धारा मंगलवार अस्पताल परिसरमा आयोजित “आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” मार्फत गौर नगरक्षेत्र भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई जानकारी गराएर नेत्र ज्योती संघको ४६ औं स्थापना दिवश भव्यताका साथ मनाइएको हो ।
गौर आँखा अस्पताल पुरेनवामा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अस्पतालका चिकित्सक, आँखा वरिष्ठ अधिकृत, कार्यक्रम संयोजकहरुले शिक्षकशिक्षिकाहरुको माध्यमबाट विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको आँखामा देखिएको समस्या समाधान गर्न र गराउन महत्वपूर्ण भुमिका रहेको हुँदा उहाँहरुलाई जनचेतना मार्फत जागृत गराइयो भने आँखामा हुने ८० प्रतिशत विरामीलाई निर्मूल पार्न सकिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए ।
डा. मनोजकुमार साह, आँखा विशेषज्ञ शिवकुमार यादव सहितका चिकित्सकहरुले आँखामा हुने विभिन्न खालको विरामीहरलाई समयमै पहिचान कसरी गर्ने, पहिचान गरेर कहाँ पठाउने तथा आँखामा लाग्ने रोगहरुको वारेमा महत्वपूर्ण जानकारी गराए ।
सो कार्यक्रम नेत्र ज्योती संघ रौतहटका अध्यक्ष विजय सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव, सचिव बच्चा यादव, सहित नेत्र ज्योती संघका पदाधिकारी तथा आँखा अस्पतालका नेत्र विशेषज्ञहरुको उपस्थितिमा गौर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।