रौतहट, १४ चैत । रौतहटको वृन्दावन नगरपालिकामा श्रीमानले आफनै श्रीमतीको घाँटी छिनाएर हत्या गरी आफू पनि हत्याको प्रयास गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्वर १ भोटिया टोलामा घरायसी विवादको कारण ३७ बर्षिय श्रीमान तिर्थ वाइवाले आफनै ३५ बर्षिया श्रीमती सेती माया तामाङलाई बुधवार दिउसो ४.३० बजेको समयमा घाँटी छिनाएर हत्या गरेका हुन् ।
श्रीमान् तिर्थ वाइवाको घाँटी काटिई घर नजिकै बाटोमा छट्पटाइ रहेको अवस्थामा स्थानीय मानिसहरुले देखी निज तिर्थ वाईवालाई सोध्दा “श्रीमती सँग विवाद हुदा मैंले श्रीमतीलाइ धारिलो हतियारले प्रहार गरेको” भन्ने बताएको घट्ना सम्बन्धमा सूचना प्राप्त हुना साथ तत्कालै ईप्रका गरुडाबाट प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालको कमाण्डमा खटि गई स्थानीय मानिसहरुको सहयोगमा घाइते तिर्थ वाईवालाई उपचारको लागि चन्द्रपुर स्थित सिभिल अस्पतालमा लगी उपचार भई रहेको, निजको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । निज घाईतेको श्रीमती ३५ बर्षिया सेतिमाया तामाङलाई खोज्दै जाँदा घर देखी १ किलोमिटर पूर्व वागमती खोलाको छेउमा रहेको मकै खेतमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मृत लाश फेला परेको उलने बताइन् । लाश नजिकै दुई वटा हँसिया फेला परेको डिएसपी गिरीले जानकारी दिइन् । घटना किन भएको हो, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भनिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन