एसइइ को सम्पूर्ण तयारी पुरा–जिल्ला शिक्षा इकाई प्रमुख महतो

52 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १४ चैत । भोली विहिवार देखि अधिराज्यभरी सुरु भईहरेको एसइइ परिक्षा २०८० मा सर्लाही जिल्लाबाट १० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी भईरहेको जिल्ला शिक्षा इकाई प्रमुखको कार्याल्य मलंगवाले जनाएका छन् ।
सर्लाही जिल्लामा रहेका २० वटा स्थानिय तहका ३८ परीक्षा केन्द्र मार्फत १० हजार ८९६ जना परिक्षार्थीहरु एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए ।
१०५ वटा सामुदायिक विद्यालयका ९ हजार ५६२ जना र संस्थागत विद्यालयबका एक हजार ३३४ जना पी १० हजार ८९६ परिक्षार्थी एसइइमा सहभागी भईरहेको प्राविधिक सहायक कुशवाहाले भने ।
सो मध्ये १५८ जना ग्रेड बृद्वि परीक्षा सहभागि हुदै आएका छन । यो बर्ष हरिपुर नगरपालिका वडा नम्वर १ स्थित पाँचकुमार लक्ष्मिणिया मावि हजार बिघामा पहिलो पटक नयाँ परीक्षा केन्द्र तोकिएका छन ।
गतबर्षको तुलनामा यो बर्ष करिब एक हजार परीक्षार्थीहरु थप भएकाले नयाँ परीक्षा केन्द्र तोक्नु परेको प्राविधिक सहायक कुशवाहाको भनाई छ ।
परीक्षा संचालनका लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरिक्षक, १०३ जना परीक्षा सहायक र २२० जना कार्यालय सहयोगी समेत गरी एक हजार १६ जना जनशक्ति परिचालन गरिएको परीक्षा समन्वय समिति सर्लाहीले जनाएको छ ।
परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले जानकारी दिए । जिल्लाका ३८ वटै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम भइसेकेको उनले भने । प्रश्नपत्र समेत परीक्षा केन्द्रका नजिकको ईलाका प्रहरी कार्यलयमा पुर्याउने काम भइसकेका छन ।
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा विकास समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० सञ्चालन तथा व्यवस्थापन सम्बन्धी केन्द्राध्यक्षहरूसँगको १ दिने अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसककेको उनले भने ।
परीक्षालाई मर्यादित र थप व्यवस्थित बनाउनका लागि ४६ बुंदे आचारसंहिता सहित निर्देशन जारी गरिएको परीक्षा समन्वय समिति सर्लाहीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कोमल धमलाले बताए । परीक्षालाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा संचालनका लागि हामी पूर्ण रुपमा प्रतिबद्ध रहेका छौं र त्यस्तै हामीले व्यवस्था गरेका छौं, प्रजिअ धमलाले भने ।
परीक्षालाई मर्यादित बनाउन पूर्ण रुपमा सचेत रहेका छौं । सिसिटिभी जडान गरिएको परीक्षा केन्द्रलाई परीक्षा समन्वय समितिको कार्यलयबाटै निगरीनी गरिनुको साथै परीक्षा समन्वय समिति, स्थानिय तह, ईलाका प्रशासन र इलाका सुरक्षा निकायबाट समेत परीक्षा अवधि भर नियमित अनुगमनको व्यवस्था गरेको बताए ।
परीक्षाको सवालमा शून्य सहनशिलता लागु गरी परीक्षालाई अमर्यादित बनाउने जो कोहीलाई कडा कारवाही गरिने बताउदै प्रजिअ धमलाले अर्मादित बनाउनेलाई क्षम्य नहुनेमा चेतवनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।