सर्लाहीमा अमर्यादित कार्य गराउने १० जना निरीक्षक परीक्षा केन्द्रबाट निष्काशित

66 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) अन्तर्गत सर्लाही जिल्लामा अमर्यादित कार्य गराईरहेको अवस्थामा १० जना गार्डलाई विभिन्न परिक्षा केन्द्रबाट निष्काशित गरिएका छन् ।
परीक्षालाई मर्यादित बनाउने जिम्मेवारी लिएका निरीक्षक (गार्ड) हरु अमर्यादित कार्यमा संलग्न रहेकालाई परीक्षा अनुगमन समितिले समातेपछि उनीहरलाई परीक्षा केन्द्रबाट निष्काशित गरिएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सर्लाहीले जनाएका हुन् ।
बेणीभोला नमावि गोडैता नपा–८ बाट अरविन्द भण्डारी, जनता नमावि गोडैता नपा–३ सिमराभगवतीपुरबाट रामभरोस साह, रामसखी मोहितसिंह मावि बलरा नपा–४ बाट राजकुमार यादव र शिवचन्द्र राय, जनता मावि गोडैता नपा–५ रामवनबाट रामवचन राम र रंजित मण्डल, जनता मावि बलरा नपा–८ गडहिया डुमरियाबाट मुकेश यादव, सुजित कु.यादव र चन्द्रमोहन हजारी तथा नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र मावि बलरा नपा–७ डुमरियाबाट किशोर गुप्तालाई जिम्मेवारी खोसेर परीक्षा केन्द्रबाट निष्काशन गरिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक) को पूर्वनिर्धारित समय तालिका अनुसार आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८ बजे देखि सुरू भई तोकिएको समयमा सम्पन्न भएको थियो ।
सर्लाही जिल्लामा ६७८३ छात्रा र ४११३ छात्र गरेर १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज अंग्रेजी विषयमा ५४४३ छात्रा ५२७९ गरी १०७२२ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०१ छात्रा ७३ छात्र गरेर १७४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय सर्लांही मलंगवाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।