महिलालाई लछारपछार गर्दै सम्बेदनशिल अंगमा कुटपिट गर्ने पीडक ढाई महिना देखि प्रहरी नियन्त्रण बाहिरः पीडिताको गम्भीर आरोप

45 Shares

रौतहट, १५ चैत । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ९ लौतना गाउँमा जग्गा सम्बन्धी विषयलाई लिएर एक महिलालाई लछारपछार गरेर सम्बेदनशिल अंगमा निर्घात कुटपिट गरी लुगा च्यात्ने पीडक विगत ढाई महिना देखि प्रहरी नियन्त्रण कसरी बाहिर रहेको गम्भीर प्रश्न चिन्ह् खडा गरेकी छिन् ।
इशनाथ नगरपालिका वडा नम्वर ९ लौतना गाँउका शेख तुफैलका ३५ बर्षिया श्रीमती नुरुल नेसालाई गत माघ २१ गते विहान १० बजेको समयमा सोही गाउँका खलिल मिया धुनिया, निजका छोराद्धय सेराजुल मिया धुनिया, मेराजुल मिया धुनिया र खलिलका भाई हाकिम मियाले मिलेर महिलालाई लछारपछार गर्दै सम्बेदनशिल अंगमा निर्घात कुटपिट गरी लगाएको लुगा च्यादिएका थिए ।
महिला नेसाले हारगुहार गरेपछि गाउँलेहरु तत्कालै उनलाई उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल गौरमा पुर्याएर उपचार गराएको थियो । पीडिता नेसाले चारै जनलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको जाहेरी दर्ता गराए पनि अहिले सम्म प्रहरीले पीडकहरुलाई समात्न नसकेको उनले गम्भीर अरोप लगाइन् ।
प्रहरी चौकी औरैयाका प्रहरी सहायक निरीक्षक हरेन्द्र ठाकुरको बदमाशीको कारण पीडकलाई समातिने सकेको छैनन् । आर्थिक प्रलोभनमा परेर ठाकुरले पिडकलाई जोगाउदै आएको आरोप लगाउदै नेसाले काठमाडौंमा श्रीमान रहेको अवस्थामा एक्लै पाएर आफू माथि यात्ना दिएपनि प्रहरी पीडकलाई समात्नुको साथै जोगाउने कार्यबाट आफू झन् मर्माहतमा भएको उनले बताइन् ।
पटक पटक घटना घटाउदै आएका खलिल मिया धुनिया आर्थिक चलखेलको आधारमा यस प्रकारको घटना गर्दै आएपनि कानुनी कारवाही हुन नसक्दा उसको मनोबल बढ्दै गएको उनले आरोप लगाइन् । महिलाको वृद्ध ससुरा शेख इजराइलले औरैया प्रहरी चौकीका असईले पैसा खाएर बुहारीलाई निर्घात कुटपिट गर्नेलाई अहिले सम्म जोगाउदै आएको आरोप लगाए । अव जिल्ला प्रहरी कार्यालय गौरमा गएर गुहार लगाउने उनले भने ।
स्थानीय प्रत्यक्षदर्शी उपेन्द्र यादव र विन्देश्वरी साहले पिडक खलिल धुनिया मियाँले पटक पटक गाउँमा यस्ता घटना घटाउदै आएको तर तिनीहरु माथि केही ठूलाबडाको संरक्षणमा औरैया प्रहरी चौकीले नसमातेको उनीहरुले आरोप लगाए ।
वडाध्यक्ष रामबाबु यादवले पिडक धुमियालाई पटक पटक समय दिएर समन्वय गरी समस्यालाई समाधान गर्न भनिएपनि उल्टै गाउँमा घुम्दै धाकधम्की दिदै कसैबाट केही हुनेवाला छैनन्, यो समाजले केही विगर्न नसक्ने भन्दै हिडेकोमा आफू पनि चकित भएको उनले भने ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले घटना भएको र हामी चाँडै मुद्दा दर्ता गरेर समात्ने प्रक्रियामा छौं, चाँडै उनीहरुलाई प्रहरी नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।