फाईल तस्वीर
तराई टप न्यूज डेस्क
रौतहट, १६ चैत । गौरको विभिन्न पसलबाट किराना सामानहरु खरिद गरेर रौतहटको गरुडा र चन्द्रपुर सम्म लगिरहदा पटक पटक सशस्त्र प्रहरीले उक्त मालसामानहरु समातेर भन्सारमा बुझाउने कार्यबाट व्यापारीहरु आजिज भईसकेका छन् ।
रौतहट सदरमुकाम गौर बजारमा रहेका विभिन्न पसलबाट किराना सामानहरु खरिद गरेर गौर देखि चन्द्रपुर सम्म कम मुनाफामा दिएर आफनो परिवार पाल्दै आएका व्यपारी संग गौर देखि लिएर चन्द्रपुर सम्मका विभिन्न बेस क्याम्पसका सशस्त्र प्रहरी तथा विभिन्न युनिटका प्रहरीहरुले महिनावारी रुपमा रकम लिदै आएपनि वेला बखतमा सामानहरु बसबाट झाझेर सिधै भन्सार कार्यालयमा पुर्याउने कार्यबाट कारोवार गर्ने व्यापारीहरु आजिज भईसकेको दुखेसो पोखेका हुन् ।
ति व्यापारीका अनुसार गौर देखि चन्द्रपुर सम्म विभिन्न स्थानमा रहेका सुरक्षाकर्मीहरुलाई महिनाका एक लाख ७५ हजार रकम बुझाउदै आएको भएपनि साता पिच्छे बसमा राखिएको चामल, मैदा, तेल, सहितका किराना सामानहरु डाँका शैलीमा सशस्त्र प्रहरीले झार्न लगाएर भन्सार कार्यालय पुर्याउने कार्य साह्रै अशोभनिय भईरहेको बताए । सशस्त्र प्रहरीले धन पनि लिने धर्म पनि लिने कार्यबाट आजिज भई यस्ता व्यापार नगर्ने तर रकम लिने माल पनि समात्ने विरुद्ध भण्डाफोर अभियान चलाउने ति व्यापारीले तराई टप संग कुरा गर्दै आफनो पीडा यसरी पोखे ।
सीमापारीबाट भन्सार छलेर सामान ल्याउने होइन, पसलबाट किनेर कम मुनाफामा गौर देखि चन्द्रपुर सम्म विभिन्न पसलमा सामानहरु पुर्याए वापत केही मुनाफाको भरमा आफनो जीविकोपार्जन गर्दै आएपनि सुरक्षाकर्मीहरुको कारण जीविकोपार्जन गर्न समेत धौं धौं परेको बताए । सीमापारीबाट भन्सार छलेर आउने सामानहरु धमाधम नेपालमा छिराउन रकम संकलन गर्ने तर पछि त्यही सामानहरु समातेर ठूलो बन्न खोज्नेलाई सबक सिकाउने मनसायमा ति व्यापारी पुगेको गुनासो गरे ।
जिल्लाको भारत संग जोडिएका विभिन्न चोर नाकाहरु भएर दैनिक लाखौंको राजस्व छलेर मालसामानहरु भित्रयाउने गरिएको छ । उक्त कार्य गरे वापत व्यापारीहरुबाट मोटो रकम लिदै आएको ति व्यापारीले सशस्त्र प्रहरी माथि गम्भीर आरोप लगाए । त्यती मात्रै नभई गौर भन्सारको मुख्यद्वार भएर बद्री महतोको सामानहरु सजिलै भित्रिएर गोदाम सम्म आउने र गोदामबाट दुई वटा पिकअप गाडीमा राखेर कटहरिया, गरुडा, विर्ता, चन्द्रपुर सम्म निर्वाध रुपमा पठाउने गरेपनि तिनको मालसामानहरु नसमात्ने तर गौरबाट किनेर लग्दा हाम्रो सामान समात्ने सशस्त्र प्रहरीको बदनियतपूर्ण व्यवहारबाट आजिज हुँदै आब उपरान्त व्यापार नगर्ने मनस्थितिमा पुगिसेको नाम नछाप्ने शर्तमा ति व्यापारीले भने ।
महिनावारी रकम १ लाख ७५ हजार बुझाए पनि होली पर्वमा ६५ हजार रकमको विभिन्न सामानहरु किन्न लगाएको तर दुई दिनमै पुनः डाकाशैलीमा गएर बसबाट ५० हजार मूल्य बराबरको सामानहरु झारेर भन्सार कार्यालयमा दाखिला गरिदिएमा कुन व्यापारीले घाटा सहेर काम गर्छन्, घरको खेतजग्गा बेचेर कारोवार गरियो भने सशस्त्र प्रहरीको द्वेध चरित्रको कारण कारोवार नगर्ने उनले गुनासो गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन