रौतहट, १६ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० अन्तर्गत शुक्रवार रौतहटको विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट परीक्षा अनुगमन समितिले ५ सय मोबाइले सेट बरामद गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार एसइइ परीक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीहरुले जुद्ध माध्यमिक विद्यालय गौर, चन्द्रपुर सहित जिल्लाको ३१ वटा परीक्षा केन्द्रबाट ५ सय मोवाइल सेटलाई बरामद गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामविनय सिंह सहितका अनुगमनमा खटिएका अधिकारीहरुले उक्त मोवाइल बरामद गरिएको बताइएका छन् ।
बरामद गरिएका मोवाइल सेटमा सम्बन्धित व्यक्तिहरुको नाम लेखिएको तथा एसइइ परीक्षा सम्पूर्ण पेपर सकेपछि उनीहरुलाई फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् । डिजिटल प्रविधिको माध्यमबाट परीक्षा दिनमा प्रयोग भएका मोवाइलहरु एसइइ सकेपछि सम्बन्धित परीक्षा केन्द्रलाई उपलब्ध गराएर फिर्ता गराइने स्पष्ट पारिन् ।
तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय रौतहट





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन