राधेश्याम कुशवाहा
सर्लाही, १६ चैत । नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाले प्रदेशिक अस्पताल मलंगवामा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
महासंघको सर्लाही शाखाले मलंगवा स्थित प्रदेशिक अस्पतालका विमारीहरुलाई शुक्रवार विहान फलफुल वितरण गरेर स्थापना दिवश मनाएको हो । महासंघका जिल्ला सचिव शुनिल ठाकुरको नेतृत्वमा पुगेको पत्रकारहरुको टोलीले उपचार गराइरहेका विमारीहरुलाई फलफुल वितरण गरेको बताइएको छ ।
प्रादेशिक अस्पताल मलंगवामा उपचाररत रहेका ३० जना विमारीलाई फलफुल वितरण गरियो । विमारीलाई फलफुल वितरण गरिदिएको भन्दै अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डाक्टर सचिन यादवले महासंघ शाखा सर्लाही शाखालाई धन्यवाद समेत ज्ञापन गरे ।
नेपाल पत्रकार महासंघले आजैका दिन चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन