रौतहट, १८ चैत । प्रतिनिधि सभामा विशेष समय लिएर आम जनता पार्टीका अध्यक्ष प्रभु साहले तराई मधेशका जिल्लाहरुमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधारको कमी र शिक्षक अभावको कारण शिक्षाले राम्रो गति नलिएकोमा सरकारको ध्यानाकर्षण गराए ।
‘तराई मधेशका जिल्लाहरुमा सरकारी विद्यालयहरुमा एउटा कक्षा कोठामा दुई सय जना सम्म विद्यार्थी कोचिएर पढिरहेको अवस्था रहेको छ तर त्यही अवस्था पहाडी जिल्लाहरुमा नरहेकोमा उनले प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तराई मधेशका जिल्लाहरुमा शिक्षाको स्तर तल झर्नुमा यसको जवाफ कसले दिन्छ ? आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रश्न गरे, ‘५० जना विद्यार्थी बस्न सक्ने कोठामा दुई सय जना राख्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’
शिक्षक दरबन्दी असमान रुपमा वितरण गरिएको हुँदा यस्तो समस्या रहेको उनले बताए । आफूले सरकारी तथ्याङ्क अध्ययन गरेको र त्यसमा बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एक शिक्षक दरबन्दी रहेको र मधेश प्रदेशमा ७१ जना विद्यार्थी बराबर एक जना शिक्षक दरबन्दी रहेको पाइएकोमा आपत्ती जनाए ।
जिल्लाको हिसाबले यो तथ्यांक झन् असमान रहेको साहले बताए । ‘रौतहटमा ८० विद्यार्थी बराबर एक शिक्षक छन् । काठमाडौंमा १३ विद्यार्थीलाई एक शिक्षक,’ उनले शिक्षामन्त्रीलाई सम्बोधन गर्दै प्रश्न गरे, ‘यो विभेदपूर्ण वितरणको जवाफ कसले दिन्छ ? यसरी दरबन्दी वितरण गर्न मिल्छ ? विद्यार्थीको भविष्य बिगार्ने कुराको जवाफ कसले दिन्छ ?’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन