रौतहट, २१ चैत । रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ६ माधोपुरमा एक दिने निशुल्क आँखा शिविर बुधवार सम्पन्न भएको छ ।
माधोपुर स्थित ज्ञान निकेतन इगलिश बोडिङ स्कुलमा सेवा निवृत कर्मचारी संघ माधवनारायण ६ माधोपुरद्वारा स्थानीय संयोजनमा डाक फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल, आँखा स्वास्थ्य शिक्षा इकाईको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
बुधवार विहान ९ बजे देखि अपरान्ह् ५ बजे सम्म ३१९ महिला २१७ जना पुरी गरेर ५३६ जनाले आ आफनो आँखाको परिक्षण गराए । १२७ जनाको आँखामा मोतियाबिन्दु लागेको हुँदा निजहरुलाई अस्पतालकै साधनबाट निशुल्क रुपमा शैल्यक्रिया गरेर सुरक्षित रुपमा घर सम्म पुर्याउने जानकारी आँखा स्वास्थ्य शिक्षा इकाई शाखा प्रमुख तथा शिविर संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

उक्त शिविरमा १६८ जना सामान्य रोगीहरुलाई औषधी वितरण, १६५ जनालाई चश्मा वितरण गरिएको संयोजक पाण्डेले भने ।
शिविरको उदघाटन माधवनारायण नगरपालिकाको नगरप्रमुख बैजनाथ प्रसाद यादवले गरेका थिए भने विशिष्ट अतिथि रामनरेश यादव, डा. अकोक कुमार पासवान, नागेन्द्र प्रसाद पटेल, रामसिहासन प्रसाद यादव, पृथ्वीनारायण साह लगायतका स्थानीय महिला स्वास्थ्य स्वयम सेवीकाहरु, नागरिक समाजका अगुवाहरु, समाजसेवीहरु, जनप्रतिनिधिहरु, सेवा निवृत कर्मचारीहरु लगायत स्थानीय बासिन्दाहरुको उल्लेख संख्यामा उपस्थिति रहेको तथा उक्त उदघाटना सत्रको सभापतित्व भाग्यनारायण यादवले गरेको कार्यक्रम संयोजक पाण्डेले बताए ।
यस्ता कार्यक्रमहरु विगत बर्ष देखि रौतहट, वारा, सर्लाही, सिन्धुली लगायत नेपालभरी डाक फाउन्डेशनको सहयोगमा नेपाल नेत्र ज्योती संघ अन्तर्गतका अस्पतालहरुले संचालन गर्दै गरिव असहाय, दलित तथा सिमान्तकृत समुदायहरुको घरदैलोमा गएर सेवा प्रवाह गर्दै आएको शिविर कार्यक्रम संयोजक तथा लायन सत्येन्द्र पाण्डेले तराई टप संग कुरा गर्दै जानकारी गराए ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन