रौतहट, २२ चैत । पालिका कपमा रौतहट क्रिकेट संघले धाधली गरेको आरोप लगाउदै आक्रोशित बनेका माधवनारायण नगरपालिकाको युवाहरुले विहिवार राति गौर चन्द्रपुर सडक खण्डको सखुअवा चौकमा बाटो अबरुद्ध परेर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले राति गुड्ने यात्रुबाहक बस माथि ढुंगामुढा गर्न थालेपछि ठूलो संख्यामा सशस्त्र प्रहरी रनेपाल प्रहरीले सम्झाउदा समेत नमानेपछि ८.२० बजेको समयमा नेपाल प्रहरीले एक राउन्ड टियरग्यास फायर गरेर भिडलाई तितरबितर बनाई अबरुद्ध बाटो सुचारु गराईएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले बताएका हुन् ।
सखुअवा चोकमा गौर न.पा. र माधवनारायण न.पा. बिच भएको सेमिफाईनल क्रिकेट प्रतियोगिता खेलमा एम्पायरले पक्षपात गरी गौर नपाको टिमलाइ जिताएको भनि माधवनारायण नपाका असन्तुष्ट भई आक्रोशित बनेका युवाहरु भेला भई सब-हाईवयमा टायर बाली बाटो जाम गरेर प्रदर्शन गर्दा यातायात अबरुद्ध बनेको थियो ।
उक्त स्थानमा नं.११ गण हे.क्वा.रौतहट लगायत मातहत यूनिटहरुबाट सप्रनाउ राजेश श्रेष्ठ र ईप्रका गरुडाबाट प्रनाउ ओम प्रकाश खनालको संयुक्त कमण्डमा खटिई गएका सुरक्षाकर्मी र सार्वजनिक यातयात माथि समेत ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले टियर ग्यासको प्रयोग गर्नु परेको उनले भने ।
ढुंगामुढा बाट सप्रबह मिन बहादुर पाललाई दाईना हातमा चोट लागेर घाईते भएकोमा उपचारको लागी ग्राण्डी अस्पताल गरुडा लगिएको छ ।
ढुंगामुढा बाट ६/७ वटा सवारी साधनहरुको सिसा फुटेकोमा सबै सवारी साधनहरुलाई ईप्रका गरुडामा लगिएका छन्।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन