राधेश्याम कुशवाहा
सर्लाही, २२ चैत । सर्लाही को ३८ वटै परीक्षा केन्द्रमा आज एच्छिक बिषयको प्रथम पत्रका शान्तिपूर्ण ढंगबाट परीक्षा सम्पन्न भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक )को पूर्वनिर्धारित समय तालिका अनुसार आज छठौं दिन ऐच्छिक प्रथम पत्रका सबै विषयहरूको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८:०० बजेदेखि शुरू भई तोकिएको समयमा सु-सम्पन्न भए ।
परीक्षामा १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज ऐच्छिक प्रथम पत्रका सबै विषयहरूमा नियमित तर्फ ५३४७ छात्रा ५२३६ छात्र गरेर १०५८३ तथा ग्रेडबृध्दि तर्फ ८५ छात्रा ५५ छात्र गरेर १४० जना परीक्षार्थीहरु परीक्षामा सहभागी भए भने ९६ छात्रा ७७ छात्र गरी १७३ परीक्षार्थी अनुपस्थित रहे ।
परीक्षाको मर्यादा कायम राख्न नसकेको श्री जनता नमुना माध्यमिक विधालय, बलरा नपा-८, गडहिया डुमरियाबाट निरीक्षकद्वय संजय कुमार यादव र रमेश रामलाई जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन