नयाँ दिल्ली, २३ चैत । नेपाल–भारत सीमा नाकाबाट अबैध रुपमा नक्कली कागजातको आधारमा भारत प्रवेश गर्न खोज्ने दुई पाकिस्तानी नागरिक संगै तिन जना आतंकीलाई उत्तर प्रदेशको एटिएसले पक्राउ गरेका छन् ।
उत्तर प्रदेश एटिएसले जारी गरेका प्रेस नोटमा भनिएको छ की, नेपालको भुमि प्रयोग गरेर दुई पाकिस्तानी सहित तिन जना आतंकी भारतमा प्रवेश गर्ने योजना रहेको प्राप्त जानकारीको आधारमा एटिएसको गोरखपुर ब्राञ्चबाट खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।
पक्राउ परेका तिन जना मध्ये एक जना आइएसआइको सहयोगमा हेज्बु–उल–मुजाहिद्दीनबाट प्रशिक्षण लिएर नेपाली भुमि भएर भारतमा प्रवेश गरी आतंकी घटना घटाउने योजना वारे युपी एटिएसलाई प्राप्त खुफिया जानकारी पश्चात गोरखपुर एटिएसले इलेक्टाँनिक एवं खुफिया सर्विलान्सको मद्दतबाट निगरानी बढाएका थिए ।
अनुसन्धान को क्रममा ती दुई पाकिस्तानी नागरिक भारत नेपाल सिमाको तटीय क्षेत्रका शेख फरेन्दा भएर भारत छिर्ने योजना थाहा पाएपछि निगरानी बढाएको बताइएको छ । गत बुधवार अर्थात ३ अप्रिलका दिन नेपाल भारतको सुनौली नाकाबाट पाकिस्तानको राबलपिण्ड स्थित सादिकावादमा ५५९ नम्वरको घर भएका खिजर महम्मद भटका छोरा मोहम्मद अल्ताफ भट, तारामणी चौक इरफानाबाद एफ ८७ घर नम्वर १९ जामिया अलि मुर्तुजा मस्जिद इशलामाबादका सैयद महम्मद सैयदका छोरा सैयद गजनफर तथा कराली पोरा हक्ल श्रीनगर जम्मु कश्मीरका निवासी गलाम अहमद अलीका छोरा नासिर अलिलाई पक्राउ गरिएको युपी एटिएसले जारी गरेका प्रेस नोटमा उल्लेख गरिएका छन् ।
ऐटिएसले पक्राउ गरेर अनुसन्धान गर्दा मोहम्मद अलताफ भटको जन्म कश्मीरमा भएको र कारगिल युद्ध पछि आइएसआईको सम्पर्कमा आएपछि उसैको मद्दतबाट हेज्बु–उल–मुजाहिद्दीनबाट प्रशिक्षण क्याम्पमा आतंकी तालिम प्राप्त गरेको बताइएको छ । अलताफले जहिले पनि कश्मीर पाकिस्तानको हिस्ता बनिरहोस चाहन्थे । त्यही कारण अलताफ आइएसआईको मद्दतबाट पाकिस्तान पुगेर हेज्बु–उल–मुजाहिद्दीनको मुजफ्फराबाद स्थित क्याम्पमा प्रशिक्षण लिएको बताए । अलताफ हिजबुल मुजाहिद्दीनको साहित्यहरु अध्ययन गर्नुका साथै अन्य आतंक संगठनको कितावहरु पढेर आतंककारी गतिविधिमा रुचाएका थिए । अत्याधुनिक हतियार चलाउने तालिम, कमाण्डो तालिम लिएपछि नेपाल भएर भारत प्रवेश गरी जम्मु कश्मीर पुगेपछि अन्य योजनाहरु वारे जानकारी दिने बताए अनुसार नेपाल भएर भारत प्रवेश गर्न लाग्दा सुनौलीमा एटिएसद्धारा पक्राउ परे ।
अलताफ काठमाडौंमा आइएसआइका हैण्डर नासिर भेट भयो । त्यसैली अलताफ र गजनफरलाई नक्कली आधारकार्ड दिदै सिमावर्ती शेख फरेन्दा गाउँ भएर भारत प्रवेश गर्न निर्देशन दिएको बताइएका छन् । नासिर जम्मु कश्मीरको बासिन्दा हुन् जसलाई वाह्ट्स ऐपको माध्यमबाट आइएसआईको सलिम भन्ने व्यक्ति संग सम्र्पक कायम भएका थिए । सलिमले भन्यो तिम्रो मामा गजनफर संग अर्को व्यक्तिलाई पाकिस्तानबाट पठाउदै छु, दुबै जना काठमाडौंमा भेट्छ उनीहरुलाई लिएर जम्मु कश्मीर जानु निर्देश दिएको थियो ।
पक्राउ परेका तिनै जना विरुद्ध यस सम्बन्धमा एफआईआर नम्बर ०४/२४, एफआईआर- ४१९/४२०/४६७/४६८/४७१/१२०बी/१२१ए आदि, १३/१८/३८ विरुद्ध मुद्दा दर्ता गरिएको छ । साथै 14/14 विदेशी अधिनियम-1946 मा दर्ता गरिएको छ, पुलिस स्टेशन-एटीएस, लखनऊले जनाएका छन् ।
श्रोतः युपी एसटिएसको प्रेस नोट

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन