इनरुवा, २३ चैत । सुनसरीमा दुई समुदाय बीच विवाद उत्पन्न भई अवस्था तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच वटा स्थानीय तहमा कर्फयु लगाएका छन् ।
स्थानीय एक युवकलाई कुटपिट गरेको विषयमा दुई समुदाय बीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीले जनाएका हुन् ।
इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकाल सम्मका लागि कर्फ्यू आदेश जारी गरिएका छन् ।
साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ ।
हरिनगर गाउँपालिका–१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो । दुई समूहबीचको झडपले उग्ररूप लिए ।
भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दोलनकारी घाइते भएका छन् । जसमध्ये २ जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ । झडपमा १८ जना प्रहरी सामान्य घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडपस्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा सतर्कता बढाएको छ ।
निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, रयाली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन अन्थ्या स्थानीय प्रशासन ऐन २८ को दफा अनुसार कडा कारवाही गरिने जारी कर्फयु आदेशमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन