मधेश भूमी दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सवमा विविध कार्यक्रम

80 Shares

रौतहट, २४ चैत । रौतहटको गौरबाट संचालित मधेश भूमी दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएका छन् ।
गौर नगरपालिका वडा नम्वर ३ स्थित गौर एकेडमीमा आयोजित बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश सभा सदस्य नागेन्द्र साहले पत्रकारिता जहिले पनि इमान्दारीका साथ गर्नुपर्ने र कसैप्रति पूर्वाग्रही नभई जनता प्रति उत्तरदायी भएर कलम चलाउन आग्रह गरे ।
सो कार्यक्रममा नेपाली काँग्रेस नगर समिति अध्यक्ष मोहन यादवले जनताहरुको सच्चा पहरेदारको रुपमा रहेका संचार क्षेत्रलाई विकसित गर्न तथा यहाँका विकृति एवं विसंगतीलाई निमूल पार्ने कार्य पनि संचाकर्मीहरुको काँधमा जिम्मेवारी रहेकोमा निष्पक्ष भएर कलम चलाउन आग्रह गरे ।
जनमत पार्टीका केन्द्रीय सदस्य विकासकुमार यादवले अहिलेको युगमा संचार क्षेत्र संचार क्षेत्रको भुमिका निकै नै महत्वपूर्ण रहेको चर्चा गर्दै समाज सुधारको पक्षमा जनताको आवाजलाई बुलंद गर्नुपर्ने आवश्यक्ता महसुस गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रेस चौतारीका अध्यक्ष उत्तमकुमार उपाध्याय, वरिष्ठ पत्रकार प्रभातकुमार झा सहितका संचारकर्मीहरुले मधेश भुमी पत्रिका थोरै समयमा लोकप्रिय बन्दै गएको हुँदा समाज परिवर्तनको पक्षमा इमान्दारी पूर्वक यो पत्रिकाले राम्रो सन्देश प्रवाह गरोस भनेर मधेश भूमी पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि साहले करिव एक दर्जन भन्दा बढि संचारकर्मी एवं सहयोगीलाई प्रशंसा पत्र प्रदान गरेको मधेश भूमी पत्रिकाको प्रकाशक शिला कुमारीले जानकारी दिईन । उक्त कार्यक्रम प्रकाशक शिलाकुमारीको सभापतित्वमा सम्पन्न भएका थिए भने संचालन संचारकर्मी दिनेश संगमले गरेको थियो ।

बार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविर


मधेश भूमी पत्रिकाको प्रथम बार्षिकोत्सवको अवसरमा नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविरको संचालन गरियो ।
शिविरमा ८३ जना पुरुष, ७७ जना महिला गरेर १६० जनाले आँखाको परिक्षण गराएको जानकारी दिदै गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाईका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले ३७ जनालाई चश्मा र ६२ जनालाई औषधी निशुल्क रुपमा वितरण गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।