काठमाडौंमा प्रधानमन्त्री, गृहमन्त्री तथा भ्रष्टाचारी विरुद्ध प्रभु साहको गर्जन, तेश्रो जनआन्दोलनको उदघोष

61 Shares

काठमाडौं, २४ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काठमाडौमा रहेका सुकुम्बासी र कवाड व्यवसायीहरु असुरक्षित बन्दै गएको प्रति आक्रोश व्यक्त गर्दै काठमाडौ नगरपालिका माथि स्काभेटर चलाउने चेतावनी दिएका छन् ।
जनआन्दोलन दिवसको अवसरमा शनिवार राजधानी स्थित भृकुटीमण्डपमा आयोजित वृहद जनप्रदर्शन सहितको खवरदारी सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका आजपा अध्यक्ष साहले महानगरका मेयर बालेन शाह प्रति लक्ष्ति गर्दै उक्त चेतावनी दिएका हुन् ।
काठमाडौमा बसेर जिविकोपार्जन गर्दै त्यहाँका फोहर कवाडलाई संकलन गरेका कवाड व्यवसायी सहित घरजग्गा नभएका सुकुम्वासीहरु माथि महानगरबाट भईरहेका ज्यादतीका विरुद्ध उनले सम्बध निकाय माथि कडा रुपमा प्रहार गरे ।
सो कार्यक्रममा अध्यक्ष साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंमा गरिखाने वर्गलाई सुरक्षा नदिईए आफूले त्यसको प्रतिकार गर्ने र उत्पन्न परिस्थितिको जिम्मावारी राज्यको हुने खुला रुपमा चुनौती दिए ।
साहले जनआन्दोलनको अवसर पारेर मुलुकमा आज देखि तेस्रो जनआन्दोलनको शंखानद भएको पनि घोषणा गरे । उनले भने,‘जनआन्दोलन दिवस हो । तपाईंहरुलाई साक्षी राखेर हामी सहीदहरुको सपना साकार पार्ने प्रण गर्दछौं । मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको छ । आज देखि तेस्रो जनआन्दोलनको उदघोष गरे ।
लुटकारी दलतन्त्रको खारेजीको लागि यो तेस्रो जनआन्दोलन अपरिहार्य रहेको बताउदै नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य हुनु जरुरी भएको बताए । जनआन्दोलनलाई पार्टी र आम नेपाली जनताहरु मिलेर सफलताको शिखरमा पुर्याएका थिए तर भ्रष्ट नेताहरुले व्यवस्थामाथि बेइमानी गरे, जनतालाई लाचार र निरीह बनाए, देशमा पार्टीको सिण्डिकेट भयो, जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैनन् जस्ता खुला रुपमा सरकार प्रति लक्ष्ति गर्दै उनले चेतावनी दिए ।
उनले जनआन्दोलन गर्दा नेपालबाट राजाको शासन हटाएर जनताको शासन भएपनि राजसंस्था हट्दा पनि देशमा जनताको असली शासन नआएको टिप्पणी गरे । उनले भने,‘यो देशमा त नेता र पार्टीको लागि मात्रै लोकतन्त्र भयो । आजपनि देश जहाँको त्यहीँ छ, नेपाली जनताको बलमा यो देशमा हरेक नयाँ किर्तीमानी खडा भएको छ । हामी जनताकै बलामा यो देशलाई नयाँ उचाई दिलाउनेछौं । म भन्न चाहन्छु–आज नेपालमा शासकहरुले जुन ढंगको संस्कृति र माहोल निर्माण गर्दैछन्, जनता निराश छन् । चिन्तित छन् । हामी निराशामा रहेका जनतालाई माथि उकास्न चाहन्छौं, ’ उनले भने ।
अध्यक्ष साहले आफू नेतृत्वको पार्टी आजपाको स्थापनाको एक वर्षमात्रै व्यतित भएको स्मरण गराए । उनले भने, ‘हाम्रो पार्टी स्थापना भएको एक वर्ष भयो, यो पार्टी अझैपनि शिशु अवस्थामा नै छ । हाम्रो पार्टीले दलतन्त्र र लुटकारी व्यवस्था हटाउने भनेर उदघोष गरेको छ । आन्दोलनको नेतृत्व गरेको छ । यसमा हामीलाई गौरवको अनुभुति भएको छ ।
विदैशिक ठग, भ्रष्टाचारीहरु, भगौडा दलाल वर्ग, लुटकारी कर नीतिको विरुद्धमा हामीले नेतृत्वदायी रुपमा आन्दोलन गरेका छौं । हामीले किसानको पक्षमा, मदरसा शिक्षा, समान शिक्षाको लागि अनि दलित आवास र रोजगारीको लागि लडेका छौं । किसानको सम्मान र पेन्शनको लागि लड्दै आएका छौं । गौर हत्याकाण्डका पीडितको पक्षमा लडिराखेका छौं । आरती साहको न्यायको लागि अनि दिलिप महतोको न्यायको लागि पनि लडेका छौं । कवाड व्यवसायीहरुको पक्षमा लडेका छौं । आज हामी कवाडीहरुको बीचमा छौं ।’
काठमाडौंमा केही मान्छेले सूर्य पूर्वबाट उदाउँछ भन्ने थाहा हुँदाहुँदै पनि पश्चिमबाट उदाउँछ भनेर भन्ने गरेको उल्लेख गर्दै काठमाडौंमा कवाडीहरुले फोहोर सफा गरेको अवस्थामा उल्टै फोहोर गरेको भनेर यहाँबाट विस्थापित गर्न खोजिएकोमा आक्रोश पोखे ।
‘यो काठमाडौंमा फोहोर गर्नेहरु सम्मानित हुने अनि फोहोर सफा गर्नेहरु सजायको भागिदार हुनुपर्ने हो ? हामी यो दिन उल्टाउनेछौं । नेपालको पुँजी लुटेर विदेश लैजानेहरु सम्मानित हुने अनि यहाँ केही गरौं भनेर आफ्नै देशका नागरिक काठमाडौं आउँदा लखेट्ने प्रवृत्ति अब हामी रहन दिने छैनौं । श्रमिकहरुको अपमान हुने अनि श्रम चोर, भ्रष्टाचारी र ठगहरु सम्मानित हुने अवस्था बदल्न चाहन्छौं ।’
पूर्वमन्त्री साहले काठमाडौं आम नेपाली जनताको लागि भएको र त्यसमा पनि इमानदार र बहादुरहरुको लागि भएको उल्लेख गरे । उनले भने,‘यो काठमाडौं गरिखानेहरुको लागि हो । आम बहादुरहरुको लागि हो । अनि ऋषिमुनिहरुको हो । भगवान पुशपतिनाथको हो । तर, अहिले काठमाडौं लुटेराहरुको बनाउन खोजिएको छ । दुनियाँलाई कल्याण गर्नेहरु बस्ने काठमाडौंलाई इमानदार मानिस चाहिएको छ । दुनियाँको कल्याण गर्ने नेतृत्व चाहिएको छ । तर, केही दुष्टले काठमाडौंलाई अर्कै बनाउन चाहेका छन् ।’

साहले देशमा गरिबी बढिरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने र त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न तेश्राए । उनले भने, ‘सुकुम्बासी बनाउने यहाँको शासकहरु होईन ? तिमीहरुको पुर्खाको कुकर्मले यो भएको हो । गरिबी हटाउने होइन गरिब भगाउने भनेर शासकले भनेको छ । हामी भन्छौं गरिबलाई भगाउने होई बरु गरिबी हटाउनुपर्छ । रोजगारी दिन नसक्नेलाई रोजगारी खोस्ने अधिकार कसले दियो ? काठमाडौंको सफाई गर्नेले अब गलत गर्नेहरुको सफा गर्नुपर्छ । कवाडीहरुले काठमाडौंको सफाई गरिरहेको छ । शहरको सफाको लागि कवाड छ । अब कवाड व्यवसायीहरुले तेरो कुकर्मको फोहोर सफा गर्नेछ ।’
साहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको नाम नै लिएर गरिखाने वर्गको सुरक्षा नभए काठमाडौंमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । उनले भने,‘प्रधानमन्त्री म भन्न चाहन्छु–सुकुम्वासीको रक्षा हुन्छ कि हुँदैन् । हुँदैन भने प्रभु साह चुप लागेर बस्दैन् । म गृहमन्त्रीलाई सोध्न चाहन्छु–काठमाडौंमा कवाडीहरुको रक्षा हुन्छ कि हुँदैन् । यदि कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरको कार्यालयमा प्रभु साहको स्काभेटर लाग्छ । अब गरिबीहरु मात्रै कानून मानेर बस्दैनन् । देशमा राजतन्त्र हटिसकेको छ । ठूलालाई चैन अनि सानालाई ऐन लाग्ने कुरा हुँदैन् । यो उदघोषसभा हो । यो उपस्थितिले धेरै जवाफ दिईसकेको छ ।’
साहले विगतमा मधेशमा मधेशी र पहाडी जनता भिडाउने शासकहरु अहिले काठमाडौं पसेको र यहाँबाट मधेशी भगाउने काम गर्न खोजेको भन्दै चेतावनी दिए । उनले भने, ‘हिजो मधेशी र पहाडी जनता भिडाउने काम गरे, त्यसको कारण आज मधेश उजाड भयो । आज काठमाडौंबाट मधेशी लखेटेर काठमाडौं उजाड बनाउन खोजिँदैछ, हामी त्यसो हुन दिन्नौं । काठमाडौंको धर्तीलाइ समृद्धि गर्न नेपालीहरु एक हुन जरुरी छ । गरिखानेहरु र नेपालको भलाई चाहनेहरु एक हुन जरुरी छ । काठमाडौंले समृद्धि खोजेको छ । काठमाडौंको यस्तो हालत हेर्दा हामीलाई लाज लागेको छ । प्रकृतिले हामीलाई धेरै सन्ुदर चिज दिएको छ । हामी काठमाडौं सफा गर्न चाहन्छौं । कवाड क्षेत्रमा काम गर्ने सार्थीहरुलाई भन्न चाहन्छु– शासकहरुले व्यवस्थामा फोहोर गरिाखेका छन्, उनीहरुले भ्रष्टाचार र कुसाशन जन्माईरहेका छन् । अब ती शासकहरुको सफा गर्न जरुरी भैसकेको छ ।’

सम्बोधनको क्रममा अध्यक्ष साहले नेपाल विदेशीहरुको क्रिडास्थल बनाईएको भन्दै दलतन्त्रको नाममा राजनीतिक सिण्डिकेट लाद्नेहरुसँग आक्रोशे पोखे । उनले भने, ‘आज देश विदेशीहरुको क्रिडास्थल बनाईएको छ । नेपाली आमा राईरहेकी छिन् । नेताहरुको कुकर्मले देशको बेईज्जत भएको छ । नेपाल दुनियाँलाई ज्ञान दिने देश हो ।’
साहले आज देश भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको टिप्पणी गरे । उनले भने, ‘जो जहाँ छ, त्यहीँ लुटिरहेको छ । यी ठगहरु (लुघवित्त, बैंक र सहकारीका ठगहरु) लाई कारबाही गर्नुहोस । नत्र कुर्सीमा बस्ने अधिकार छैन् । देश निर्माण गर्नको लागि भित्रैबाट संकल्पित हुनुहोस । काम गरेर खाने मानिस महान हो । बेइमानीहरु जहिल्यैपनि हारेका छन् । न्यायको मार्गमा हिँड्नेहरुले जितेका छन् । हामी जित्छौं । आज हामी सबै पीडित एक भयौं । यो संयुक्त आन्दोलन हो । यो देशलाई उदाहरण बन्नुहोस । नेपाललाई एक बनाउनुपर्छ । जनताको लागि जनआन्दोलन मरेको छैन् । जनअन्दोलनलाई नयाँ उचाई दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।