रामबाबु गुरुङद्वारा निर्देशित नेपाली चलचित्र ‘डिग्री माइला’ नेपाल सँगै अमेरिकी सिनेमा हलमा एकसाथ रिलिज हुने भएको छ ।
निर्माता गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा ‘डिग्री माइला’ फिल्म अमेरिकी डायस्पोरामा समेत प्रदर्शनमा आउन लागेको हो ।
अप्रिल ११ देखि अमेरिकामा फिल्मको प्रदर्शन सुरु हुने जनाइएको छ । नेपालमा भने त्यसको केही घण्टापछि रिलिज हुनेछ । यसको अर्थ, नेपाली भन्दा अमेरिकी दर्शकले ‘डिग्री माइला’ लाई चाँडो हेर्न पाउनेछन् ।
लस–एन्जलस, डलास, ओहायो, पेन्सिलभेनिया र न्यूयोर्कमा हुने प्रिमियरमा अभिनेता बुद्धि तामाङ सहभागि हुनेछन् । लेकवुडको स्टारलाइट सिनेमा घरमा पहिलो प्रिमियर आयोजना गरिएको छ । अप्रिल १२ मा १० सहरमा फिल्म प्रदर्शन हुनेछ ।
अप्रिल १९ देखि थप २० हलमा फिल्म रिलिज हुने निर्माता कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ । मे महिनाको पहिलो सातासम्म अमेरिकाभर फिल्म प्रदर्शन हुने जनाइएको छ । प्रदर्शन तालिकाअनुसार झण्डै एक महिना सम्म फिल्म चल्नेछ ।
रिलिजको साताअघि नै डलास, लस–एन्जलस, सन–फ्रान्सिस्को, शिकागो र बोस्टनमा अग्रिम टिकट बिक्री सुरु भएको जनाइएको छ । डलासमा २८ पर्दा र लस–एन्जलसमा पहिलो साता २२ पर्दामा फिल्म प्रदर्शन हुने विज्ञप्तिमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन