विश्व प्रसिद्ध टाटा आईपिएलमा रोयल च्यालेन्जर्स बेग्लोरको पुनः हार, कोहली माथि स्वार्थीको आरोप

66 Shares

 

जयपुर, एजेन्सी । शनिबार जयपुरको सवाई मानसिंह स्टेडियममा दुई पटक ‘आँधी’ आएको थियो तर पहिलो हावाको तीव्रता त्यति धेरै थिएन कि त्यसले गुलाबी सहरलाई उडाउन सकोस् ।
गए रातिको खेलमा विराट कोहलीले ६७ बलमा शतक बनाए भने जोस बटलरले ५८ बलमा शतक बनाई मुहतोड जवाफ फर्काए । बटलरको विस्फोटक ब्याटिङको कारण जीत र हारको प्रमुख कारक बने ।
दुवै नटआउट रहे तर जोस बटलरले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । राजस्थान रोयल्सले ५ बल बाँकी रहँदा खेल ६ विकेटले जित्यो । सन्जु सामसनको टोली अहिलेसम्म चार खेलमा अपराजित रहँदै शीर्ष स्थानमा उक्लेको छ भने रोयल च्यालेन्जर्सले हारको ह्याट्रिक लगाए ।
त्यसोभए, विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक विराट कोहलीको स्ट्राइक रेटमा केही समयदेखि प्रश्न उठिरहेको छ । बीसीसीआई सेक्रेटरी जय शाहले आईसीसी टी–२० विश्वकपका लागि रोहित शर्माको नाम कप्तानको रुपमा घोषणा गरेपनि विराट कोहलीको नामलाई लिएर बहस चलिरहेको छ ।
विराट कोहली र केएल राहुलले टी–२० विश्वकप खेल्न पाउने वा नपाउने भन्ने कुरा धेरै हदसम्म आईपीएलको प्रारम्भिक खेलहरूमा उनीहरूको प्रदर्शन माथि निर्भर हुनेछ ।

कोहलीको आठौँ शतक

विराट कोहलीले राजस्थान रोयल्सविरुद्ध आईपीएल २०२४ मा शतक बनाउने पहिलो ब्याट्सम्यान बने । यो प्रतियोगितामा उनको आठौँ शतक थियो । राजस्थान रोयल्सविरुद्ध भने उनको यो पहिलो शतक हो ।
उनले प्रतियोगितामा अहिले सम्म सर्वाधिक शतक प्रहार गरेका छन् । उनले आठ ओटा शतक लगाएका छन् । यो अवधिमा उनले ७५ सय रनको अंक पनि पार गरे ।

कोहलीको सबैभन्दा सुस्त शतक

कोहलीले नान्द्रे बर्गरको बलमा एक रन बनाएर ६७ बलमा आफ्नो शतक पूरा गरेका थिए । कोहलीले ३९ बलमा अर्धशतक पूरा गरे र अर्को ५० रन २८ बलमा बनाए । यो आईपीएलमा उनको सबैभन्दा सुस्त शतक हो ।
मनिष पाण्डेले सन् २००९ मा आइपिएलको सबैभन्दा ढिलो शतक ६७ बलमा बनाएका थिए । अब यो अनावश्यक कीर्तिमानमा विराट कोहलीको नाम पनि जोडिएको छ ।

कोहली १९ औँ ओभरमा ९८ रनमा थिए । उक्त ओभरमा बैंगलोरका ब्याट्सम्यानले एक बाउन्ड्री पनि प्रहार गर्न सकेनन् र चार रन मात्र बनाएका थिए ।

कोहली सामाजिक सञ्जालमा ट्रोल

सामाजिक सञ्जालमा मानिसहरूले ‘स्लो कोहली’ भन्दै हमला गरिरहेको देखिएका छन् । मानिसहरूले कोहलीलाई ‘स्वार्थी’ भन्दै ट्रोल पनि गरिरहेका छन् ।
कोहली अन्तिमसम्म नटआउट रहे र ७२ बलमा ११३ रन बनाए । कोहलीले आफ्नो इनिङ्समा १२ चौका र तीन छक्का प्रहार गरे ।
रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले ३ विकेट गुमाएर १८३ रन बनाउन सक्यो । कोहलीको नेतृत्वमा टोली २०० रनमा पुग्न सकेन । कोहली बाहेक फाफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।