रौतहट, २५ चैत । रौतहटको गुजरा नगरपालिकाको जंगलसैयामा ट्रेक्टरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका स्थानीय र प्रशासन बीच मौखिक रुपमा सहमती भएपछि शव उठाउने सहमती भएको छ ।
गुजरा नगरपालिका वडा नम्वर ३ मुस्लिम टोल स्थित मामाघरमा बस्दै आएका १३ बर्षिय बालक शेख साहनवाजको आईतवार विहान सबा ७ बजेको समयमा बाटो काट्ने क्रममा ना. ७ त ७५७ नम्वरको ट्रेक्टरबाट ठक्कर दिदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते बालकलाई उपचारको लागि चन्द्रपुर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि आक्रोशित बनेका सयौं स्थानीय बासिन्दाहरु जंगलसैया धन्सार भित्री सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको थियो ।
प्रदर्शनकारी गाउँलेहरु संग गुजराका उपनगर प्रमुख रत्ना लामा, स्थानीय जनप्रतिनिधिको साथै स्थानीय प्रहरी प्रशासनको रोहवरमा पीडित पक्ष छलफल मृतकको परिवारलाई विमा वापतको रकम ५ लाख र थप दुई लाख ५० हजार उपलब्ध गराउने मौखिक सहमती भएपछि ११.५५ मा शव उठेको थियो ।
बालकको शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ । ट्रेक्टर चालक गुजरा नगरपालिका ८ का २३ बर्षिय मुजमिल मिया मन्सुरी र ट्रेक्टर इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट