पोखरीमा डुबेर बेपत्ता भएकी बालिकको शवलाई सशस्त्र प्रहरीले खोजतलास गरेर बाहिर निकाल्दै
रौतहट, २६ चैत । रौतहटको वृन्दावन नगरपालिकाको विश्राम्पुर स्थित पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ ।
वृन्दावन नगरपालिका वडा नम्वर १ विश्राम्पुर गाउँ स्थित पोखरीमा गर्मी छल्न सोमवार दिउसो २ बजे नुहाउन गएकी १३ बर्षिया निरन्जनकुमारी बैठाको डुबेर वेपत्ता भएकी थिइन् ।
उक्त कुरा थाहा पानउे वित्तिकै सुरक्षा बेस क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक यमबहादुर वलीको कमाण्डमा खटिइको टोलीले अन्दाजी ६ फिट पानीमा खोजतलास गर्दा २.५५ बजेको समयमा किशोरीको मृत शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिए ।
मृकत किशोरीको शव परिक्षणको लागि चन्द्रपुर स्थित सरकारी अस्पताल पठाइएर नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन