काठमाडौं, २७ चैत । २०८१ वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको लागि अन्तिम नामावली आज प्रकाशित गरिने छ ।
अन्तिम नामावली प्रकाशित भएपछि आजै नै उनीहरुलाई चुनाव चिह्न पनि वितरण गरिने भएको हो ।
प्रदेश सभा सदस्यको लागि बझाङ क्षेत्र नम्बर १ (१) र प्रतिनिधि सभाका सदस्यको लागि इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो ।
मनोनययन पत्र र उजुरीमाथि छानबिन तथा जाँचबुझको २६ गते दिन तोकिएको थियो । तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैले बझाङ क्षेत्र नम्बर १ (१) मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसको छ त्यस्तो इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जनाको उम्मेदवारी दर्ता भइसकेको छ ।
अब कूनै उम्मेदवारहरु मध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छ । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित र चुनाव चिह्न पनि वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।
४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि र इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट