79
Shares
नैनीताल, २७ चैत । भारतको पर्यटननगरी नैनीताल नजिकै सवारी दुर्घटनामा परी ७ जना नेपाली नागरिकको दुखद निधन भएको छ ।
भारतको उत्तराखण्ड राज्य स्थित नैनीताल जिल्लामा सोमवार राति सवारी दुर्घटना हुँदा ७ जना नेपाली नागरिक सहित ८ जनाको दुखद निधन भएको हो । नैनीताल जिल्लाको बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएको भारतीय समाचार माध्यम हिन्दुस्तान टाइम्सले जनाएका छन् ।
दुखद निधन भएका नेपालीहरु कञ्चनपुर जिल्लाको महेन्द्रनगर निवासी रहेको भारतीय मिडियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन