काठमाडौ, २८ चैत । संघिय राजधानिमा वायु प्रदूषण बढेर यस वर्षकै उच्च विन्दुमा पुगेको छ ।
’एअर क्वालिटी इन्डेक्स’ का अनुसार बुधवार काठमाण्डौको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको हो । हिजो एक्यूआई दुई सय रहेको थियो ।
’एअर क्वालिटी इन्डेक्स’ का अनुसार काठमाण्डौ विश्वको प्रदूषित शहरमा पहिलो नम्बरमा सूचीकृत भएको छ । देशका विभिन्न ठाउँमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको बताइएको छ ।
वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा प्रदूषण पनि बढीरहेको बताए । उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण बढ्दै जाने संकेत दिए ।
बितेको तीन दिनमा देशका तीन सय ६७ ठाउँमा डढेलो लागेको छ । गर्मी बढ्नुका साथै तत्काल पानी पर्ने सम्भावना नरहेकाले डढेलोको जोखिम अझै धेरै रहेको डढेलोविज्ञ सुन्दर शर्माले बताए ।
उपत्यकामा वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेकोले सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा पनि अनिवार्य रूपमा मास्क तथा कालो चस्मा लगाएर निस्कन डाक्टरहरूले सुझाव दिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन