इशलामावाद, एजेन्सी । पाकिस्तानको अवस्था कति सम्म नाजुक भईसकेको छ कि, आर्थिक तंगीको कारण परिवारका सदस्यहरुलाई खुवाउने सक्ने अवस्था नरहदा बञ्चरो प्रहार गरेर श्रीमती संगै ७ जना छोराछोरीको हत्या गरेका छन् ।
पाकिस्तानको पञ्जाब प्रान्तमा एक व्यक्तिले आफ्नी श्रीमती र सात नाबालिग छोराछोरीको हत्या गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको हो ।
आरोपी चरम आर्थिक समस्याका कारण मानसिक रुपमा विचलित भएर आफ्नी श्रीमतीसँग पटक पटक झगडा गर्ने गरेको प्रहरीले जनाएको छ ।
आरोपित व्यक्तिले ’आफ्ना श्रीमती सहित सात जना नवालक छोराछोरीलाई खुवाउन सक्ने अवस्था नरहेको’ हुँदा भोको मर्नु भन्दा मारिदिने निधो गरेर सुतिरहेको अवस्थामा बञ्चरो प्रहार गरेर मारेको दाबी गर्दै आफ्नो अपराध स्वीकार गरेको ? पाक प्रहरीले जनाएको छ र त्यस सम्बन्धमा थप अनुसन्धान भईरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
श्रोतः न्यूज १८
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन