वासिंग्टन, एजेन्सी । पाकिस्तानमा हत्या भएकोमा भारतको हात रहेको प्रचारवाजी गरिरहेका पाकिस्तानको आरोपमा माथि अमेरिकाले तिखो प्रतिक्रिया दिदै भने की पाकिस्तानको प्रोपोगाण्डाः मात्रै हो ।
संयुक्त राज्य अमेरिकाको उच्च अधिकारीले भनेको छ कि उसले भारतले पाकिस्तानमा लक्षित हत्याहरू गरेको आरोप लगाएका रिपोर्टहरुको अनुगमन गरिरहेको छ र दुबै देशहरूलाई वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।
भारतले हालै बेलायती दैनिक द गार्डियनले पाकिस्तानी प्रमाणलाई उद्धृत गर्दै एउटा रिपोर्टमा “झूटो र द्वेषपूर्ण भारत विरोधी प्रचार” को रूपमा वर्णन गरेको लक्षित हत्याको आरोपलाई खण्डन गरेको छ ।
अमेरिकाले आधार प्रमाणको पुष्टि नभए सम्म कसै माथि दोष लगाउनु कार्य गलत भएको तिखो टिप्पणी गर्दै दुबै पक्षलाई संयमित हुन आग्रह गरे । पाकिस्तानको आरोपलाई भारतले कडा रुपमा प्रतिक्रिया दिदै गलत प्रचारबाजी गर्नु पाकिस्तानको आदत जस्तो भईसकेको हुँदा विरामीको उपचार गर्न सकिन्छ तर भारत विरोधी कुरा गर्नु पाकिस्तानी सरकार सहितका पदाधिकारीहरुको एक मात्र एजेण्डा भएको कडा रुपमा पाकिस्तानको आलोचना गरेका छन् ।
श्रोतः टाइम्स नाँउ न्यूज डट कम
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन