रौतहट, २ वैशाख । रौतहट सहित देशका विभिन्न भागमा चैती छठ पर्व अन्तर्गत आईतवार तेश्रो दिन व्रतालुहरु पवित्र जलाशय, नदि, पोखरी किनारमा बसी अस्ताईरहेको सुर्यलाई अर्घ दिई रहेका छन ।
गौरको वरहवा ताल, पोखरी सहित पवित्र जलाशयमा चैती छठ मनाउने व्रतालुहरू घाटमा पुगेका हुन् । घाटमा छठ सामग्री राखेर घाटलाई सजाइए पछि आकर्षक देखिएको छ ।
छठ व्रतालुहरू छठीमैयाको रूपमा सूर्य देवताको पूजा गरिन्छ । आज अस्ताउँदो सूर्यलाई अर्घ चढाउने व्रतालुहरूको तयारी छ । भोलि बिहान उदाउँदो सूर्यलाई व्रतालुले अर्घ दिएपछि चैती छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।
छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, पुडुकीया, उखु लगायतका प्रसाद र बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलश लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ । जसलाई शुद्धताको प्रतीकको रूपमा लिने गरिएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन