शिक्षा ऐन कानुनको धज्जी उडाउदै मण्डल आर्थिक चलखेलमा मस्त

69 Shares

रौतहट, ६ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिकामा विद्यालय निरीक्षकको रुपमा कार्यरत दिपेन्द्र मण्डलले नियमकानुनको धज्जी उडाउदै आर्थिक चलखेल गर्नमा मस्त रहेका छन् ।
धेरै बर्ष देखि चन्द्रपुर नगरपालिकामा कार्यरत रहेका मण्डल आर्थिक चलखेलको आधारमा मातहतका विभिन्न विद्यालयमा कोटा तथा सेवा अवधी मिलाई दिने गरेको गम्भीर आरोप लागेका हुन् ।
जस्तो सुकै गैरकानुनी कार्य मिलाई लिने माहिर रहेका विद्यालय निरीक्षक मण्डलले आर्थिक चलखेल गरेर लाखौं रुपैया कमाएर चन्द्रपुरमै घडेरी लिएर पक्कि घर बनाउन सफल भईसकेको ति श्रोतले दाबी गरे ।
लामो समयदेखी चन्द्रपुर नगरपालिकामा धाक जमाएर बसेका मण्डल नगर प्रमुख संजय कुमार काफ्लेका निकट नै मानिन्छन् । अनियमित तवरबाट धेरै काम गराउन सफल भएको पछिल्ला समयमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर स्थित मेनुका सिमसार प्राथमिक विद्यालय सँग उनको गहिरो सेटिङ रहेको बताइएको छ । उक्त विद्यालयमा मात्रै ३० जना विद्यार्थीहरुमा ७ जना शिक्षक शिक्षिकाहरु रहेको छन् । ३० जना विद्यार्थी संख्यालाई ३०० देखाएर दिवा खाजामा चरम आर्थिक अनियमितत गर्दै आएका मण्डललाई जोगाउने कार्यमा सम्बध निकाय क्रियाशिल रहेको श्रोतले दाबी गर्छन् ।
बिद्यार्थीनै नरहेको बिद्यालयमा कागज मिलाएर दिवा खाजा खर्च तथा बिद्यालयमा पक्की भवन निमार्ण भन्दै लाखौं रकम कुम्ल्याएको मण्डल चन्द्रपुर ८ बेतौना स्थित दलित प्राबीमा राहत कोटामा आफ्नो श्रीमती विमला मण्डललाई शिक्षिकाको रुपमा जागिर लगाएका छन् । विद्यालयमा विद्यार्थी संख्या पनि नहुँदा कृत्रिम विद्यार्थीहरुको लगत आइएमएस प्रणालीद्धारा खडा गरेर चर्को दिवा खाजा देखि लिएर भवन निर्माणमा चरण आर्थिक अनियमितता गर्दै आएका मण्डल विरुद्ध अहिले स्थानीयहरु खनिए तापनि नगरपालिका मुकदर्शक बनेर बसेका छन् ।
मण्डलले चन्द्रपुर नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक बिद्यालयहरुमा दरबन्दी विपरीत शिक्षक हेरफेर गरी अकुत भ्रष्टाचार गरेर शिक्षण पेशालाई आफ्नो कठपुतली बनाइएको गम्भीर आरोप ति श्रोतको रहेको छ । स्रोतका अनुसार विद्यालय निरीक्षक पदमा कार्यरत मिण्डल निजी बिद्यालय दर्ताको लागि ५० हजार देखि एक लाख भन्दा रकम सम्म घुस लिने गरेका छन् ।
स्थानीय तहमा विद्यालय निरीक्षक मण्डलको कर्तुत बारे कयौं पटक गुनासो गरिदा समेत नगरपाकिलाबाट ढाकछोप गर्ने कार्य मात्रै भएको हुँदा अब बाध्य भएर माथिल्लो निकायमा उजुरी गर्ने तयारीमा जुटेका श्रोतले भन्छन् ।
उनी बिरुद्ध छिटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सम्पत्ती शुद्धिकरणको लिखित उजरी गरिने तयारी श्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।