जनकपुरधाम, ६ वैशाख । मधेश प्रदेशको सरकारले चाँडै मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा जुटेका छन् ।
चौंथो पटक विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषद विस्तारमा दुई जना नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबाट एक गरी तिन जना मन्त्री नियुक्त गर्न लगभग टुंगो लागि सकेका हुन् ।
माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, रौतहटबाट प्रदेश सांसद युवराज भट्टराई (समिर) र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ । उनीहरुलाई आजै पद तथा गोपनियताको सपथग्रहण गराउने तयारीमा रहेको मुख्यमन्त्रीको सचिवलयबाट बुझिएका छन् ।
मधेश प्रदेशमा ११ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री सहित जनता समाजवदी पार्टीको ४, एमाले ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ मन्त्री नियुक्त हुन लागेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालय पनि खाली रहेको हुँदा त्यसैमा नयाँ मन्त्री बनाउने तयारीमा जुटेका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट