जनकपुरधाम, ६ वैशाख । जनकपुरधाम उपमहानगरपालिकाको पुल चोक स्थित पोखरीको डिलमा एक युवती र बालिका जलिरहेको अवस्थामा प्रहरीले मृत फेला परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १६ पुल चोक स्थित रेल्वे लिक नजिकै रहेका पोखरीको डिलमा बुधवार राति ९ बजेको समयमा युवती र निजको १० महिनाको नवालिका जलिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
प्रहरी पुग्दा युवती मरिसकेको र नवालिका जिवितै रहेको हँुदा तत्कालै उपचारको लागि प्रादेशिक अस्पतालमा पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी रञ्जन अवाले बताए ।
जलेर मृत्यु भईसकेका युवतीको घर महोत्तरीको मनरासिसा नगरपालिका वडा नम्वर २ की २३ बर्षिया प्रियंका महतोको रुपमा सनाखत भएको जानकारी दिदै डिएसपी अवाले माइती महोत्तरीकै पिपरा गाउँपालिका १ मा रहेको हुँदा उनीहरुलाई खवर गरिसकेको बताए ।
पछिल्लो समयमा ति युवतीको पर पुरुष संग सम्बन्ध रहदा जनकपुरमै बस्दै आएका थिए । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको तथा मृतक युवतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको समेत डिएसपी अवाले भने । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन