आत्महत्या बाध्यता हो की रहर ?

111 Shares

प्रभातकुमार झा
रौतहट जिल्लामा पछिल्लो समयमा विभिन्न कारणबस १३ बर्ष देखि लिएर ७५ बर्ष सम्मका बालकालिका देखि लिएर वृद्धहरुले आत्महत्या गरेको एक तथ्याँकले देखाइएपछि जिल्लामा आत्महत्याले भयाभय रुप लिदै गएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त तथ्याँक अनुसार आत्महत्या गर्नेहरुमा बढि संख्या १३ देखि २० बर्षिया किशोरीहरुको संख्या रहेको पाइएपछि रौतहटेली समाज कता तिर जाँदै छन् भनेर अहिले गम्भीर प्रश्न चिन्ह् खडा भएका हुन् ।
आत्महत्या बाध्यता की रहर हो भन्ने चिन्ता थपिएको छ । उक्त तथ्याँक अनुसार एक जना बाहेकको हकमा आत्महत्याको कुनै ठोस कारण खुल्न सकेका छैनन् भने एक जनाको हकमा घरेलु हिंसाको शिकार भएर आत्महत्या गरिएको बुझिएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा एक जना ७५ बर्षिय बृद्धले आत्महत्या गरेपछि यस्तो गम्भीर प्रन्ह् चिन्ह खडा भएका छन् । स्थानीयहरुबाट बुझ्दा ति वृद्धको घरमा ७ बर्षको नातिनी बाहेक उनको परिवारमा कोही थिएनन् । विहान बेलुकाको छाक टार्न निकै गह्रो भईरहेको अवस्थामा आत्महत्या गर्नु एक मात्र विकल्प रोज्यो ।
७ बर्षिया नातिनीलाई स्थानीयले लालनपालन गर्न जिम्मेवारी लिएको स्थानीयले बतायो । तर १३ देखि २० बर्षिया किशोरी युवतीहरु किन आत्महत्या गरिरहेका छन् भने प्रश्न यतिखेर तडकारो रुपमा तेश्रिएको छ । दुर्गा भगवती २ भलोहियाका नुनिया टोलका १५ बर्षिय आँचलकुमारी दासले आत्महत्या गर्नु एक दिन अघि उनको घरपरिवारले अलिकति हप्काएर गाली गरेकै निहुँमा आत्महत्या गरिन् ।
प्रायः कम उमेरकी किशोरी वा युवतीहरुले प्रेम प्रसंगमा परेको कुरा घरपरिवारका सदस्यहरुले थाहा पाएपछि सामान्य गाली गरेकै भरमा आत्महत्याको बाटो रोजेको बुझिएका छन् ।
यसैमहिनामा रौतहट जिल्लामा १५ जनाले आत्महत्या गरेको छ । जसमा १३ देखि लिएर ७५ बर्ष उमेर समुहका पुरुष र महिलाहरु रहेको बुझिएको छ । आत्महत्या गर्नबाट रोक्न ब्यापक रुपमा जनचेतनाको खाँचो रहेको र समयमै आ आफना बालबालिकाहरुलाई सहि शिक्षा दिक्षा दिई निगरानी राख्दै अभिभावकहरु पनि आफनो भुमिका राम्ररी निर्वाह गरेमा मात्रै यस्ता कुप्रथा माथि अंकुश लगाउन सकिने समाजसेवीहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार ५ जना पुरुष र १७ महिला गरेर २२ जनालाई आत्महत्या गर्न पासो वा किटनाशक औषधी सेवन गरेकाहरुलाई जोगाउन सफल भएको उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले शिक्षाको कमी, वेरोजगारी, घरेलु हिंसा, प्रताडना नै आत्महत्याको प्रमुख कारण रहेको हुँदा यहाँका स्थानीय तहहरुबाट व्यापक रुपमा आत्महत्यालाई रोक्ने सम्बन्धी अभियान संचालन गर्नुपर्ने तराई टप अनलाइन संग कुरा गर्दै आवश्यक्ता महसुस गरिन् ।
आत्महत्या गर्नु कानुनी अपराध हो, यस कुरालाई राम्ररी अभिभावकहरु पनि आ आफना बालबालिकाहरुलाई सहि शिक्षा दिक्षा दिएर उनीहरुको रेखदेख गरिएमा मात्रै यस्ता कुरितीहरुलाई रोकथाम गर्न सकिन्छ अन्यथा यसले विकराल रुप लिदै गएको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि आत्महत्यालाई रोकथाम गर्ने सम्बन्धी जनचेतना मूलक एवं विभिन्न संदेशमुलक कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।