मुल्लनपुर (भारत) । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आईतवार भएको दुई खेलमा केकेआर र जिटी विजयी भएका छन् ।
पहिलो खेलमा निकै रोमाञ्चक बन्दै कोलकात्ता नाइट राइडर्स (केकेआर) ले १ रनबाट रोयल चैलेन्जर्स बेंग्लुरुलाई हराए भने गुजरात टाइटन्सले पंजाव किंग्सलाई तिन विकेटबाट हराउदै आ आफना विजय रथको अभियानलाई जारी राखेका हुन् ।
गुजरात टाइटन्सका साई किशोरको घातक बलिङको मद्दतले पञ्जाबलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा पछ्यायो ।
गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाएर टोलीलाई जितसम्म दोर्याए । उनले मात्र १८ बलमा ७ चौका प्रहार गरे । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए ।
पञ्जाबका लागि हर्षल पटेलले ३ तथा लियाम लिभिङस्टोनले २ विकेट लिए । अर्शदीप सिंह र साम करनले १–१ विकेट हात पारे ।
यसअघि साई किशोरले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएपछि पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटिएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ३५ रन बनाए । हरप्रिर ब्रारले २९ तथा कप्तान साम करनले २० रनको योगदान दिए ।
गुजरातका लागि मोहित शर्मा र नुरु अहमदले २–२ विकेट लिए । रासिद खानले पनि एक विकेट हासिल गरे । ८ खेलपछि गुजरातको यो चौथो जित थियो । टोली आठ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । पञ्जाब भने ४ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।
यसैगरी आइतबार खेलिएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले भने निर्धारित ओभरमा आफ्नो सबै विकेट गुमाएर दुई सय २१ रनमात्र बनाउन सक्यो ।
महत्वपूर्ण जितसँगै कोलकाता १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हालसम्म सात खेल खेलेको कोलकाताले पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । सात खेल खेलेको राजस्थान रोयल्स भने १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
आईपीएलको १७ औँ संस्करणमा बैंगलुरुले भने आफ्नो निराशाजनक प्रदर्शन जारी राखेको छ । हालसम्म आठ खेल खेलेको बैंगलुरुले सात खेलमा हार भोगिसकेको छ । एक खेलमा मात्र बैंगलुरु विजयी भएको थियो । बैंगलुरु दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १० औँ स्थानमा छ ।