50
Shares
रौतहट, ११ वैशाख । रौतहटको सामुदायिक वनका एक जना हेरालु बाघको आक्रमणमा परेर गम्भीर घाइते भएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्वर २ जुडिवेला घर भएका तथा मलनियाँ माई सामुदायिक वनका हेरालु गंगा कुमरलाई सोमवार बाघले आक्रमण गरेका थिए ।
हिजो दिउँस बाँघले आक्रमण गर्दा गम्भीर घाइते भएका कुमरलाई सामान्य उपचार पछि थप उपचारका लागि वीरगञ्ज लगिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङ (बुद्ध) ले जानकारी दिए ।
बाघले घाइते कुमरको टाउको, अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । पछिल्लो समयमा रौतहटको वन क्षेत्रमा बाघको आक्रमण पर्ने घटनाहरु सार्वजनिक भईरहदा पनि वन क्षेत्रमा जानेहरुको कमि आएको छैनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन