भारत । रयापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । भारतका अभिनेता बादशाह र पकिस्तानकी अभिनेत्री हानिया आमिरले पछिल्लो केहि समय दुबईमा छुट्टी मनाइरहेको फोटोहरू इन्टरनेटमा भाइरल हुन थालेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो ।

पाकिस्तानी अभिनेत्री हानियाले बादशाहसँगको सामाजिक सञ्जालमा केही पोष्ट गरेकी छिन्, जसले उनीहरू विचको सम्बन्धलाई पुष्टी गर्दछ ।

पछिल्लो तस्बिरमा, हानिया र बादशाह क्यामेराको अगाडि रमाइलो तरिकामा पोज दिइरहेका छन् । तस्बिरसँगै हानिया आमिरले बादशाहसँगको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्, जसमा दुवै जना सँगै रमाइलो गर्दै समय बिताएको देखिएको हो ।

हानिया आमिर र बादशाह बिच प्रेम सम्बन्ध रहेको अनुमान डिसेम्बर १, २०२३ बाट सुरु भएको थियो जब दुवैले आ–आफ्नो सामाजिक सञ्जाल ह्यान्डलहरूमा एकअर्कासँग रमाइलो गरिरहेको तस्बिरहरू सेयर गरेका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन