राधेश्याम कुशवाहा
सर्लाही, १३ वैशाख । कुनैपनि बालबालिकाहरु विद्यालय बाहिर नरहने, अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्नुपर्ने नेपाल सरकारको नीति रहेपनि सर्लाहीमा आठ हजार भन्दा बालबालिकाहरु विद्यालय बाहिर रहेको एक तथ्याँकबाट खुलाशा भएको छ ।
सर्लाही जिल्लाको २० वटै स्थानीय तहमा ४४२ सामुदायिक विद्यालयहरु रहेको हो । जिल्लामा अझै ८ हजार २७७ जना बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याँकबाट खुलाशा भएका छन् । यहाँका सामुदायिक विद्यलयहरुले जुलुश प्रदर्शन गर्दै विद्यालय भर्ना सम्बन्धी विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गराएर विद्यालय भर्ना गर्ने तर्फ आकर्षित गराउनमा हर सम्भव प्रयासरत रहेको बताइएका हुन् ।
सर्लाहीमा ५–१२ वर्ष उमेर समूहका विधालय बाहिर रहेका बालबालिकाको संख्या ८,२७७ मध्ये ३७९७ बालिका ४४८० बालकहरु रहेका छन । सबभन्दा बढी ३६९ बालिका ४६३ बालक गरेर ८३२ जना बरहथवा नगरपालिकामा र सबैभन्दा कम ११५ बालिका १२७ बालक गरि जम्मा २४२ जना बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका अनुसार २०८० सालमा प्रारम्भिक बालविकास देखि लिएर १२ कक्षा सम्म सामुदायिक विद्यालयमा एक लाख एक हजार ४३३ छात्रा र ९० हजार २६७ छात्र गरेर एक लाख ९१ हजार सात सय विद्यार्थीहरु विद्यालयमा अध्ययन गरेको तथ्याँक सार्वजनिक गरेका छन् ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत रहेका विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक अनुदान निकासा हुन नसक्दा धनकौल गाउँपालिका मा ६००७, कविलासीमा ११११८, चन्द्रनगरमा ६११७, हरिपूर्वामा ८५६३ र गोडैतामा १८२६१ गरेर ५० हजार ६६ जना विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको बताइएको छ ।
अन्य १५ वटा स्थानीय तहले आईइएमआईएस को विद्यार्थी संख्या सत्यार्पन गरेर विद्यार्थी संख्या ७५ प्रतिशत विद्यार्थीहरुका लागि निकासा गरिएको छ । विद्यालय भर्ना अभियानपछि थप निकासा गर्ने तयारीमा ति स्थानीय तहले तयारी गरेको बताइएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन