फाइल तस्वीर
रौतहट, १३ वैशाख । हाइप्रोफाइल मुद्दा मानिएका राजपुर बम बिस्फोटन सम्बन्धी घटनामा १७ बर्ष पछि जिल्ला अदालत रौतहटबाट विहिवार मोहम्मद आफताव आलम सहित चार जनालाई जन्म कैदको सजाय सुनाएको छ ।
नेपाली काँग्रेसका नेता आफताव आलम निजका भाई महताव आलम सहित ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दामा गत सोमवार देखि चल्दै आएको बहस आज विहिवार दिउसो ३ बजे सकेको थियो ।
रौतहट जिल्ला अदालतका एक नम्वर इजलाशका न्यायाधिश मातृका प्रसाद आचार्यको एकल इजलासमा भएको वकिलहरुको बहस बादी पक्षबाट तिन जना र प्रतिवादीको तर्फबाट ९ जना गरी १२ जनाले बहस गरेका थिए । बहस सकेपछि आफताव आलम, भाई महताव आलम, बद्री सहनी, शेख सेराजलाई जन्म कैद र मुक्ति साह लाई सफाई दिइएको रौतहट जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए । यस्तै आरोपित मोहम्मद मोविन, शेख फजले हक, शेख भदई, सागिर आलम, गौरीशंकर साह र शेख मुलाइन फरार रहेका ६ जनालाई मुल्तवीमा राखिएको सजाय सुनाइएको ढोडारीले भने ।
वादी पक्षबाट सरकारी वकिल कार्यालयका बद्री कार्की, दयानिधि रिजाल र अधिवक्ता पुष्प राज पौडेलले बहस गरेका थिए भने वरिष्ठ अधिवक्ता एवं पुनरावेदन अदालतका पूर्व मुख्य नायाधिश मोहम्मद साविर हुसेन, नेपाल वार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, अजय पटेल, आफताव आलम, यदुनाथ खनाल, मजरुल हक, लालबाबु यादव र अनन्त अधिकारीले प्रतिवादीबाट बहस गरेको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप श्रीनारायण प्रसाद सिंह सहितले लगाएर मुद्दा दर्ता गराएका थिए । सोही मुद्दाको अन्तिम किनारा लगाउन पटक पटक पेशी सर्दै आएको थियो ।
नेता आलम अहिले केन्द्रीय कारागारको थुनुवा कक्षमा कैदीबन्दी सरह जिवन व्यतित गर्दै आएका छन् । २०७७ कार्तिक २१ गते आलमका भाई महताव आलमलाई रौतहट प्रहरीले पक्राउ गरेका थिए । हाल उहाँ गौर कारागारमा कैदीबन्दी सरह जीवन व्यतित गर्दै आएको छ । उनी संग अन्य तीन जना आरोपित गौर कारागारमा रहेको बुझिएको छ ।
राजपुर बम विस्फोट काण्डमा मुछिएको आफताव आलम विरुद्धको सुनुवाई
२०६४ साल चैत २७ साँझ पहिलो संविधान सभाको निर्वाचनको पूर्व सन्धयामा बुथ कब्जा गर्न आलमको निर्देशनमा निर्माण भइरहेको बम विस्फोट हुँदा त्रिलोक प्रताप सिह । ओशी अख्तर सहित १८ जना गम्भीर घाइतेहरुलाई जिउदै राजा इटा भठामा राखेर मारेको आरोपमा पक्राउ परेका आलम विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको कत्र्तब्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा तत्कालिन न्यायाधिश दिपक ढकालको एकल इजलासले आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
अदालतको आदेशमा मिसिल सँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको छ । जिल्ला अदालत, रौतहटका तत्कालिन न्यायाधीश ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७ (१) ख बमोजिम पुर्पक्षको लागि कारागार पठाउने आदेश गरेको हो । उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।
राजपुर वम काण्डमा सबोच्च अदालतको ताकेता पश्चात २०७६ असोज २६ गते निलम्बीत साँसद आलमलाई रौतहट प्रहरीको एसपी भुपेन्द्र बहादुर खत्रीको आदेशमा डिएसपी नविन कार्कीले गौर चपुर सडक खण्डको इद्रिश गेटबाट नियन्त्रयामा लिएका थिए ।
रौतहट क्षेत्रनम्बर २ बाट बिजयी प्रतिनिधि सभा सदस्य एबम पुर्व मन्त्री मोहम्मद आफताब आलमलाई प्रहरीले पहिलो संबिधान सभाको अघिल्लो दिन ०६४ चैत्र २७ गते तत्कालिन राजपुर फरहदवा गाबिस–४ स्थित आफनै गोठमा बम बनाउने क्रममा बिस्फोट हुदा तीन जना भन्दा बढिको मृत्यु भएको जाहेरीको आधारमा १२ बर्ष पछि रौतहट प्रहरीले पक्राउ गरेको थियो ।
दुई पटक नेपालि काङ्ग्रेस रौतहट पार्टी सभापति हुदै नेपाली काग्रेसका केन्द्रिय सदस्य रहेका उनका काका शेष ईद्रिसको मृत्यु पछि राज्य सतामा रहेका मोहम्मद अफताब आलम नेपाली काग्रेस बाट ०५४ सालको प्रतिनिधि सभा उपनिर्बाचन, ०५६ को प्रतिनिधि सभाको निर्बाचन, ०६४ सालको पहिलो संबिधान सभा सदस्य, २०७० सालको दोश्रोसंविधान सभाको निर्वाचनमा भान्जा मुस्ताक आलम संग पराजित भएपनि ०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
किन पक्राउ परे आलम ? कसले लगायो अभियोग
२०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरिएको थियो।
पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो । राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा जिल्ला महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोही माथि मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०६९ जेठ १६ मा तत्कालिन न्यायाधिशद्धय शुशिला कार्की र भरतबहादुर कार्कीको संयक्त इजलासले मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।
अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । सबोच्च अदालतको कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको थियो।