सर्लाही, १५ वैशाख । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाको धर्मपुरमा एक युवकको शव मकैबारीमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार ब्रम्हपुरी गाउँपालिका वडा नम्वर २ धर्मुपुर स्थित मकैबारी भित्र पुरुष व्यक्ति शव स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
सोही गाउँका सीताराम साहका छोरा २० वर्षीय अरविन्द साहको मृत शव गाउँकै रामचन्द्र साहको मकैबारीमा फेला परेको बताउदै प्रहरी श्रोतले घटनको प्रकृति हेर्दा शंकाष्पद रहेको बताइएको छ ।
सर्लाही प्रहरीका एसपी हरिहहरनाथ योगी आफै घटनास्थलमा पुगेर सुक्ष्म ढंगबाट अनुसन्धान सुरु गरिएको पीडित पक्षलाई आश्वासन दिए । मृतक युवकको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।
यसैगरी मलंगवा नगरपालिका वडा नम्वर ९ मा घरको छतबाट खसेर शुक्रवार राति एक पुरुष व्यक्तिको मृत्यु भएको छ ।
दिनेश राउतको घरमा कोठा भाडा लिएर बस्दै आएका मलंगवा नगरपालिका वडा नम्वर १० का ४५ बर्षिय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो ।
राति घरको छतबाट खसेका राउतलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठले बताए ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन