रौतहट, १५ वैशाख । रौतहटको कटहरिया नगरपालिकाबाट लागुऔषध गाँजा सहित श्रीमानश्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएका प्रहरी टोलीले कटहरिया नगरपालिका वडा नम्वर २ मा प्र.२–०३–००१ह–३१५ नम्वरको अटोरिक्सालाई रोकेर चेकजाँच गर्दा चालक बस्ने सिट मुनी रातो रंगको प्लाष्टिकमा बेरिएका करिव साढे १० ग्राम लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएका हुन् ।
बाराको निजगढ नगरपालिका वडा नम्वर १ बस्ने ४२ बर्षिय अनन्त बराइली (चालक), निजको ३५ बर्षिय श्रीमती मञ्जु बरायलीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक एवं सूचना अधिकारी झलकप्रसाद शर्माले बताए ।
पूर्व पश्चिम राजमार्गको धनसर देखि कटहरिया तर्फ आउने भित्री सडक भएर मकवानपुर, वाराबाट लागु औषधका कारोवारीहरु सजिलै सोही बाटोको प्रयोग गर्ने गरेको हुँदा उक्त सडकमा प्रहरीले सुक्ष्म निगरानी राखेको कारण श्रीमानश्रीमतीलाई गाँजा सहित नियन्त्रणमा लिन सफल भएको उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन