ब्रम्हपुरीमा बच्चा सिंहको घरमा भिषण आगलागि, पौने १२ लाखको धनमाल जलेर खरानी

190 Shares
आगो निभाउदै सशस्त्र प्रहरी र नेपाल प्रहरीका जाँवाज योद्धाहरु
रौतहट, १७ वैशाख । रौतहटको राजदेवीको ब्रम्हपुरी गाँउमा आईतवार मध्य राति आगलागि हुँदा लाखौंको धनमाल जलेर खरानी बनेको छ ।
राजदेवी नगरपालिका वडा नम्वर ९ ब्रम्हपुरी गाउँका कालिमन्दीर छेउमा बच्चा सिंहको जस्ताले छाएको छाना चार कोठे पक्कि घरमा गएराति १.५० बजेको समयमा अचानक आगलागि हुँदा पौने १२ लाख मूल्य बराबरको धनमाल जलेर खरानी बनेको हो ।
सशस्त्र सिमा सुरक्षा बल नेपाल नम्वर ११ गण हजमिनिया रौतहटका अनुसार, सिंहको घरमा सबै सुतिरहेको अवस्थामा खाना पकाउने चल्होबाट सल्किएको आगोबाट उक्त सम्पत्तीहरु जलेर नष्ट भएको छ ।
आगलागि भएको खवर पाउनका साथ विओपी बेलविछवाबाट सशस्त्र प्रहरी निरीक्षक सुभाष खत्रीको कमाण्डमा ११ जना र प्रहरी चौकी लक्ष्मिपुर बेलविघवाबाट प्रहरी सहायक निरीक्षक हृदेश राउतको कमाण्डामा चार जना र स्थानीय बासिन्दाहरुको सहयोगबाट आगो निभाउन हम्मे हम्मे पर्न थालेपछि गौर नगरपालिकाबाट गएको दमकलको मद्दतबाट २.४० बजेको समयमा आगो माथि नियन्त्रण पाएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
आगलागिको चपेटामा परेर मोटरसाइकल एक थान, साइकल ३ थान, लत्ताकपडा, खाद्यान्न सामग्रीमा गहुँ धान, चामल, गरगहना, एक लाख नगद सहित चार कोठे घर जलेर नष्ट हुँदा करिव ११ लाख ७३ हजार पाँच सय मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भीक जानकारी प्राप्त भएको एसपी हुमागाईले तराई टप संग कुरा गर्दै भने ।
हुरी वतासको समयमा खाना पकाएर राम्ररी आगो निभाउन आग्रह गर्दै हावाहुरीको समयमा खाना पकाउन वा अन्य आगो सम्बन्धी कार्य नगर्न जिल्लाबासीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले मातहतका युनिटहरु मार्फत जनचेतना जगाउने कार्य भईरहेको समेत उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।