पर्सा, १८ वैशास । वीरगञ्जमा प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नं ९ घण्टाघरस्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले शंकास्पद रुपमा पैदल हिँडीरहेको अवस्थामा खानतलासी गर्दा एक लाख २३ हजार रकमसहित दुई जनालाइ पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले बताएको हो ।
थापाका अनुसार बाराको प्रसौनी गाउँपालिका ४० वर्षीय हलिमा खातुन र भारत विहार पश्चिम चम्पारण बेतिया भावल पञ्चायन बस्ने ३० वर्षीय क्यामुदिन मियाँ पक्राउमा परेको छ ।
क्यामुदिनको साथबाट एक हजार दरको एक नक्कली नोट र हलिमाको साथबाट एक हजार दरको १२२ नक्कली नोट बरामद गरिएको डिएसपी थापाले जनाए । दुवैजनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन