60
Shares
पर्सा, १८ वैशाख । सशस्त्र प्रहरीले वीरगञ्जमा स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेकोे छ ।
वीरगञ्ज महानगरपालिका वडा नं १६ भन्सार गेटस्थित प्रस्ताविन सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले ३ लाख ३६ हजार नगदसहित एक जनालाई पक्राउ गरेकोे हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ ए जेट ७५७४ नम्बरको टिभिएस मोटरसाइकलमा सवार भारत विहार पुर्बी चम्पारण जिल्लाको रक्सौल निवासी ४० वर्षीय भारतीय नागरिकको साथबाट ३ लाख ३६ हजार रकम फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।
सिंहका अनुसार २ लाख मूल्य बराबरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन